१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु

डोल्पा - बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्न डोल्पाका हिमपाटनहरुमा पुगेका यार्सासंकलकहरुको अकालमा ज्यान जाने क्रम शुरु भएको छ।अत्याधिक जाडो र खानपान नमिल्दा मानिसहरुले अकालमा ज्यान गुमाउने गरेका छन।

बिहिवार र  शनिवार बिहान सम्ममा तीन जनाले ज्यान गसमाइसकेका छन्। मृत्यु हुनेमा जाजरकोट जिल्ला बारेकोट गाउँपालिका  १का १८ वर्षीय कृष्ण बिक जाजरकोटकै २३ वर्षीय रमेश चलाउनेको अत्याधिक जाडो र लेक लागेर शनिबार बिहान मृत्यु भएको खवर प्राप्त भएको शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज सुलिगाडका सुचना अधिकृत छत्र खड्काले जानकारी दिए।

उनीहरु शे फोक्सुण्डो गाउँपालिका अन्तरगत पर्ने रमाना भन्ने लेकमा यार्सागुम्बा टिप्न गएका थिए।यसै गरि बिहिवार मात्र ठुलिभेरी नगरपालिका ११ रहकी ३८ वर्षिया बुद्दि कार्कीको यार्सागुम्बा टिपिरहेको अवस्थामा दुना भन्ने पाटनमा लडेर मृत्यु भएको थियो।

प्रकाशित: १८ जेष्ठ २०७६ ०४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App