५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

यार्सागुम्बा संकलन  प्रतिबन्ध, संकलक मारमा

बझाङ - घरमा रोजगारी कसैको छैन, ११ जनाको परिवार छ, खेतबारीबाट उब्जिएको अन्नले दुई महिना खान पुग्दैन, परिवारको  मुखमा माड हाल्ने भनेकै यार्सागुम्बा संकलन गर्नुबाहेक अरू केही नभएको साइपाल गाउँपालिका–३  का ५४ वर्षीय करन बोहराको भनाइ छ।

उनले भने गत बिगतका बर्षमा अहिले सम्म  २ देखि तिन हजार किरा( स्थानिय भाषा) र्यासागुम्वा परिवारका ७ जना सदस्यले संकलन गरि सक्थे यो बर्ष अहिले सम्म लेक जान गाउँ पालिकाले प्रतिबन्ध लागएको छ। यस्तै हुने भने हामी त भोक भोकै र्मनु बाहेक अरु केहि उपाए छैन।

हामीलाई आपनो ज्यानको माया छैन।रोगलागे उपचार हुदैन भन्छन। घरमा बसे पनि रोग लाग्न सक्छ। हुने खानेलाईत लेक नगए पनि खाद्य किनेर खाने पैसा होला हामी गरिबकालागी कसले दिने  बिकटको  ठाउँ भएकाले खेती पाती पनि राम्रो फल्दैन त्यसैमा खेतमा लगाएको   हिउँदेवाली गहुँ, जौ ,उवा र मुसरो यो बर्ष चैत्रको  अतिन्म साता सम्म १४ पटक हिमपात भएकाले हिउले पोलेर(डसेर)सखाप पारे पछि  बालि भित्याउने समयमा खेतमा गाई बस्तु छोडेका छु।

दुई महिना पुग्न थालिसक्यो  गाउँ छोडेर छिमेकी गाउँ र सदरमुकाम चैनपुर पनि आवतजावत पुरै बन्द छ।पहिले जस्तो खेती पाती पनि कसैले लगाउदैनन् भएका खेत बारी पनि सबै बाँझै छन सबैले चैत्र महिना लेकमा जाने र असारको अन्तिम साता सम्म लेकमा र्यासागुम्वा संकलन गरि बर्ष भरिलाई परिवारमा खान लागाउन र छोरा छोरीको बिद्यालयको खर्च समेत जुटाएर ल्याउने गरेको भए पनि यो बर्ष र्यासागुम्वा संकलन गर्न नपाए पछि परिवारमा खाद्य संकट संगै छोराछोरीका बिद्यालय र क्याम्पसको पढाई बन्द हुने एै गाउँपालिका वडा नम्वर ५ का अनि बोहराले बताए।

उनले भने आफु लागएत परिवारमा ५ भाई तिन बहिनी अन्य गरि ३८ जनाले कालो अक्षर चिनेको छैन।अहिले यार्सागुम्वाको कमाईले  गर्दा जेठो छोरा मंगल धनगढिमा आईएसि दोस्रो बर्ष  माहिलो र कान्छो छोरी सदरमुकाम चैनपुर मेरीगोल्डमा ३ र ५मा पढाई रहेको थिए पैसा नभए पछि सबै जानको जिवन नै बराबाद हुने भयो। गाउँपालिकामा यार्सागुम्वा हुने लेकमा संकलन गर्न खुला गर केहि नियम बनाउ भन्दा  राज्यले देश लकडाउन (बन्दाबदी) गरेको छ।

पहिले रोग बाट बाँच पछि र्यासागुम्वा संकलन गर भन्ने भएकाले अहिले भन्दा भोलीको चिन्ताले सताएको छ। विश्वमा महाँमारिको रुपमा फैलिएको नोभेल कोरोना भाईरल रोग बाट बच्न राज्यले देश लकडाउन(बन्दाबन्दी) गरे संगै जिल्लाको साईपाल ,सुर्मा, दुर्गाथली र बुगल नगरापालिका क्षेत्र भित्र पर्ने चालाबन,कालापानी,देबस्थरी, फराली खेती ,औलागाड,माईथनलगाएका सम्पुर्ण बन आर्को ब्यबस्था  नभएक सम्मकालागी पुर्ण रुपमा बन्द गरिएको स्थानिय गाउँपालिका र नगरपालिकाले जनाएको छ।

देश चैत्र ११ गते देखि विश्वमा महाँमारिको रुपमा फैलिएको नोभेल कोरोना भाईरल रोग बाट बच्न पुरै लकडाउन छ नेपालमा पनि यो रोग बाट दिन प्रतिदिन संक्रमितको संख्या बढन थालेको छ। राज्यले यो रोग बाट बच्न बनाएको नितिलाई पुर्ण रुपमा पालना गर्न गाउँपालिकाले पनि  र्यासागुम्बा संक्लन गने लेकमा  स्थानिय देखि छिमेकी जिल्लाका हजारौको संख्यामा जम्मा हुने भएकोले अर्को ब्यबस्था नभए सम्मकालागी प्रतिबन्ध लगाएको साईपाल गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताए।

उनले भने लकडाउने गर्दा गाउँपालिकामा खाद्यन अभाव भएको छन। अहिले सम्म ३० केजि ४० केजि र ५० केजि गरि तिन पटक गाउँपालिकाले प्रति परिवारलाई खाद्य राहात वाफत बितरण गरेको छ।  गोदामको खाद्य पनि सकिएको छ। यातायातले गाउँपालिका छोएको छैन। राज्यले हेलिकप्टर बाट खाद्यन ढुवानी गरि दिनु पर्छ।

 साईपाल गाउँपालिकाको राजश्व संकलन हुने भनेकै र्यासागुम्वा हो। र्बषनि ३० देखि ५० लाखको बिचमा गाउँपालिकाले राजश्व संकलन गर्ने गरेको भए पनि यो बर्ष कोरोना भाईल रोगका कारण लकडाउन भएकाले संकलन नहुने भएको छ।भने प्रति परिवार ३ देखि ४० लाख सम्म कमाई हुने गरेको थियो। 

जिल्लामा र्यासागुम्वा बाट मात्र करिब ९० करोड भन्दा बढिको खरिद बिक्रि हुने गरेको जिल्ला बन कार्यालयका प्रमुख र्कण बहादुर खातीको बताए। देशको संरचना बदिलए संगै अधिकांस अधिकार स्थानिय सरकालाई रहेको छ।

प्रकाशित: २३ वैशाख २०७७ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App