२ मंसिर २०८१ आइतबार
image/svg+xml

चाडपर्वमा घुम्ने आन्तरिक पर्यटकको बानीले पोखरा भरिभराउ

पर्यटकीय सिजन र चाडबाडको लामो बिदाले यतिबेला पोखरा र आसपासका क्षेत्रमा पर्यटकीय चहलपहल निकै नै बढेको छ । पोखराका सानादेखि ठूला सबैजसो होटलमा यतिबेला आन्तरिक पर्यटक बढी छन् । विदेशीभन्दा पनि आन्तरिक पाहुनाले पोखरामा भीड बढाएको छ।

खुम्बुमा पर्यटकलाई रातको पाँच सय

सगरमाथा क्षेत्रको भ्रमण जाने पर्यटकबाट स्थानीय होटल एसोसिएसनले प्रतिपर्यटक पाँच सय सुल्क लिने भएको छ।

रसुवागढी नाका हुँदै १९ हजार विदेशी पर्यटक नेपाल भित्रिए

रसुवागढी नाका हुँदै ९ महिनामा १९ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। चीनसहित विभिन्न ५२ देशका १९ हजार ३ सय ५० पर्यटक नेपाल आएका रसुवागढी अध्यागमन कार्यालय रसुवाले जानकारी दिएको छ।

सयौं रोपनी सार्वजनिक जग्गा स्थानीयको कब्जामा

पर्यटकीय क्षेत्र कालिञ्चोकमा सयौं रोपनी सार्वजनिक जग्गा व्यक्तिको अतिक्रमणको चपेटामा परेको छ।

बन्दीपुरमा बढे पर्यटक

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटक आगमन बढ्दै गएको छ । चिसो बढेसँगै बन्दीपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो।

दुई प्रदेशका दुई पर्यटकीय सहर जोड्न पर्यटक बस सेवा

पर्यटकीय सहर तानसेनदेखी पोखरासम्म सुविधासम्पन्न सिधा बस सेवा सञ्चालनमा आएको छ।

लेक लागेर ताइवानी पर्यटकको मृत्यु

लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ताइवानी चेनारी च्याङ भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कट्टेलले जानकारी दिए।

थाइल्यान्डको चर्चित ब्रान्ड होटल धुलिखेलमा

पर्यटकीय गन्तव्य धुलिखेलमा पर्यावरणलाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रिसोर्ट निर्माण भइरहेको छ । यो रिसोर्ट थाई होटल ब्रान्ड दुसित थानीको व्यवस्थापनमा सञ्चालन हुनेछ।

२०२० मा भारतीय–चिनियाँ पर्यटकलाई पहिलो प्राथमिकता

सरकारले भिजिट नेपाल २०२० मा भारती र चिनियाँ पर्यटकलाई पहिलो प्राथमिकता दिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा सरकारले यस्तो धारणा राखेको हो।

मझुवागढी जान पदमार्ग

पर्यटन प्रवर्धनका लागि खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने प्रवेशद्वार र पदमार्ग उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी तथा कालिका भगवती मन्दिर जाने पदमार्ग र प्रवेशद्वार उद्घाटन गरिएको हो।

सौराहमा आन्तरिक पर्यटकलाई प्याकेज

चितवनको सौराहमा रहेको जंगल सफारी लजले आन्तरिक पर्यटक लक्षित गरी ‘यसपालीको दशैं तिहार चितवनमा’ योजना ल्याएको छ। असोज १५ देखि कात्तिक मसान्तसम्म लागु हुने योजनामा पर्यटकले ६ हजार ९ सय ९९ रुपैयाँमा दुई रात तीन दिनको सौराहा प्याकेजमा घुम्न पाउनेछन् ।

बन्दीपुरको वातावरण

‘पिपुल डोन्ट ह्याभ रेस्पेक्ट फर इन्भायरोमेन्ट (नागरिकमा वातावरणप्रति चासो छैन),’ आफ्नो सानो छोरा डो-याउँदै उकालो लागिरहेका विदेशीको आवाज कानमा पर्छ । त्यो आवाज कान हुँदै भित्र मुटुसम्म पुग्छ।

१० स्थानलाई पर्यटकीय क्षेत्र बनाइने

प्रदेश ३ सरकारले विश्व पर्यटन दिवसको अवसरमा प्रदेशका १० स्थानलाई पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेको छ।

पूर्वाधारै छैनन्, पर्यटक कसरी आउनु ?

बेलायतबाट आएकी मारियासहितको टिमलाई विश्व पर्यटन दिवसको अवसर पारेर राष्ट्रबैंक चोकस्थित पर्यटक बसपार्कमा बिहीबार दिउँसो भव्य स्वागत गरियो।

नमूना पर्यटकीय गन्तव्य बनाउने उद्घोष

विश्व पर्यटन दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा वक्ताहरुले नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्य बनाउने घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्