coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लेक लागेर ताइवानी पर्यटकको मृत्यु

सोलुखुम्बु – लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ताइवानी चेनारी च्याङ भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कट्टेलले जानकारी दिए।

सगरमाथा आधार शिविर घुम्न आएका च्याङको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका– ४ स्थित लबुचे मदर अर्थ भन्ने होटलमा आराम गरी बसैकै अवस्थामा मृत्यु भएको बताइएको छ।

करिब ४५ वर्षीय च्याङ गत १३ गते नेपाल हाइटिङ टिम कम्पनी काठमाडौँमार्फत घुम्न आएका थिए। अहिले इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरीको टोली हेलिकप्टरमार्फत घटनास्थलमा पुगिसकेको बताइएको छ। आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौँ पठाइने छ। (रासस)

 

प्रकाशित: १९ आश्विन २०७५ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App