समृद्धि स्कुलले सातौं डिएभी प्लस टु अन्तरकलेज सिक्स ‘ए’ साइड छात्र फुटसल प्रतियोगिताको उपाधि उचालेको छ।
डिएभी स्पोर्ट्स क्लबको आयोजनामा जावलाखेलमा भएको प्रतियोगिताको फाइनलमा समृद्धिले हेराल्ड इन्टरनेसल कलेजलाई ३–१ गोलले हराउँदै उपाधि उचालेको हो। समृद्धिका सौगात रानामगर, क्याप्टेन बोगटी र डेनियल सेनले समान एक गोल गरे।
हेराल्डका विराज तामाङले सान्त्वना गोल फर्काए। उपाधिसँगै समृद्धिले तीन लाख र हेराल्डले दुई लाख रुपैयाँ नगद पुरस्कार पाए। समृद्धिका क्याप्टेन बोगटी उत्कृष्ट खेलाडी र हेराल्डका नीराजन मगर उत्कृष्ट गोलकिपर घोषित भए। एआइटिएम कलेजका सुशन बलामी सर्वाधिक गोलकर्ता बने। तीनैले जनही १५ हजार नगद पुरस्कार पाए।
विजेतालाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल सुमन बस्नेत र शिवशक्ति एडु मार्ट प्रालिका संस्थापक महेश गिरहियाले पुरस्कृत गरेका थिए। तीनदिने प्रतियोगितामा ४० टोलीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगता प्लस टु तहको सबैभन्दा ठूलो धनराशिको प्रतियोगिता भएको कलेजका प्रिन्सिपल सुमन बस्नेतले दाबी गरे।
प्रकाशित: १९ माघ २०८२ ०९:५९ सोमबार





