२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

विवाहेत्तर सम्बन्धदेखि छोरालाई सहयोग नगरेको आरोपमा गोविन्दाले के भने ?

बलिउड अभिनेता गोविन्दाले श्रीमती सुनिता आहुजाले लगाएको विवाहेत्तर सम्बन्धको आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। एएनआईसँगको अन्तर्वार्तामा उनले भने, ‘ममाथि कहिले आरोप लागेको छैन? जो आरोप लगाइरहेकी छिन्, उनी मेरो बाल्यकालको प्रेम हुन्।’

उनले प्रेमको विषयमा थपे, ‘प्रेमका कुराहरू कहिल्यै राम्रोसँग चल्दैनन्। कतिपयका अनुसार अहिले भइरहेको प्रेम भनेको बुढेसकालको प्रेम हो।’

गोविन्दाले आफ्नो व्यावसायिक आचरणको बचाउ गर्दै भने, ‘मैले चार सुपरस्टार र एक पूर्वमिस युनिभर्स अभिनेत्रीसँग काम गरेको छु, तर मैले उनीहरूलाई कहिल्यै गलत नियतले हेरेको छैन। मेरा कुनै पनि नायिकाले भन्न सक्दैनन् कि मैले उनीहरूलाई दुर्व्यवहार गरें वा अपमानजनक भाषा प्रयोग गरें। म सबैलाई धन्यवाद दिन्छु।’

उनले थपे, ‘मेरा फिल्महरूको सफलताको लागि म निर्देशकहरू, गीतहरू र नायिकाहरूप्रति आभारी छु। मेरी आमा आफैं नायिका हुनुहुन्थ्यो, त्यसैले मैले कहिल्यै कुनै नायिकालाई दुर्व्यवहार गरिनँ। अब उनी मलाई गाली गर्दैछिन्। मैले सबै कुरा देखेको छु, र मलाई त्यस्ता शब्दहरू मन पर्दैन।’

सुनिताले नाम लिएकी ‘कोमल’लाई सम्बोधन गर्दै उनले भने, ‘म उनलाई ‘कोमल’ नाम प्रयोग गरिरहेकोमा धन्यवाद दिन्छु। म आज सुरक्षित छु किनभने उनले एक शब्द पनि बोलेकी छैनन्; उनी चुप लागेकी छिन्।’

सुनिताले मिस मालिनीसँगको अन्तर्वार्तामा विश्वास टुटेपछि विवाह नटिक्ने बताएकी थिइन्। उनले गोविन्दाको अफेयर पुष्टि भए माफ नगर्ने र छोरा यशवर्धनलाई सहयोग नगरेको आरोप लगाएकी थिइन्। गोविन्दाले भने यशलाई साजिद नाडियाडवालालाई निर्देशन गर्न अनुरोध गरेको दाबी गरेका छन्। उनले राजनीति परिवारका लागि छोडेको पनि स्पष्ट पारेका छन्। 

प्रकाशित: २९ माघ २०८२ ०९:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App