६ पुस २०८१ शनिबार
image/svg+xml

कोरोनाको दोस्रो लहरले अर्थतन्त्रमा अनिश्चितता: गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको धारणा राखेका छन्।

महामारीले अर्थतन्त्र प्रभावितः राष्ट्र बैंक

बुधबार मुलुकको अर्थतन्त्रसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले पहिलो लहरको महामारीपछि विस्तारै सुधार हुन लागेको अर्थतन्त्र दोस्रो लहरको महामारीले प्रभावित भएको उल्लेख गरेको छ।

काठमाडौं अर्थतन्त्रको पनि राजधानी

अर्थतन्त्रमा एउटै क्षेत्र हाबी हुँदा यसले कुनै पनि बेला चुनौती सिर्जना गर्न सक्छ। अर्थतन्त्रको हिस्सामा यस्तै अवस्था रहे काठमाडौं उपत्यकामा केही गरी लामो समयसम्म समस्या आए यसले मुलुककै अर्थतन्त्रलाई जटिल समस्यामा पार्नेछ।

दोस्रो लहरको कोरोनाले अर्थतन्त्र थप जोखिममा’

‘महामारीले विशेष गरी होटल तथा रेस्टुरेन्ट, यातायात, खुद्रा तथा थोक व्यापार, उत्पादन क्षेत्र लगायतमा गम्भीर असर पर्‍यो ,’ उनले भने, ‘तर पछिल्लो समयमा पुनः कोभिड–१९ को संक्रमण दर छिमेकी देश र नेपालमा बढेर जोखिम बढ्दै गएको हुँदा अर्थतन्त्र थप प्रभावित हुने जोखिम कायमै छ।’

नेपाली अर्थतन्त्र र बजेटकाे प्राथमिकता

हामीसँग भएको अपार जनशक्तिलाई विदेशमा बेचेर होइन, यहीँ सदुपयोग गरेर देशलाई समृद्धितर्फ लैजाने योजना समेट्नुपर्छ।

२०७७ काे अर्थतन्त्र सुखद रहेन, आर्थिक वृद्धि ऋणात्मक

वर्षको पहिलो त्रैमासिक अर्थतन्त्रमा पनि कोरोनाले असर गरेको छ। पहिलो त्रैमासिकमा अर्थतन्त्र ४.६ प्रतिशतले ऋणात्मक रहेको तथ्यांक विभागले सार्वजनिक गरेको थियो। पछिल्ला दिनमा आर्थिक क्रियाकलापमा सुधार आएको छ। पहिलो त्रैमासले यो वर्षलाई पनि असर गर्ने अनुमान गरिएको छ। कोभिड–१९ का कारण अन्य क्षेत्रमा नकारात्मक असर परे पनि पुँजी बजार र डिजिटल भुक्तानीमा भने उत्साह देखिएको छ।

विकास अर्थतन्त्रको नसुनिएको आबाज

विकास अर्थतन्त्रमा विकसित मुलुकको ज्ञानको एकाधिकार तोड्न सबैभन्दा पहिले न्यून आय भएका मुलुकको प्रभुत्वलाई स्वीकार्य बनाउन आवश्यक छ। कैयौं विकासशील मुलुकले आफ्नै विश्वविद्यालयहरूलाई कम आँक्छन।

विश्व अर्थतन्त्र पुनर्उत्थानको आकार कस्तो ?

विभिन्न समृद्ध अर्थतन्त्र भएका देशमा कोभिड–१९ विरुद्धको खोप तीव्र गतिमा लगाइएका कारण यो वर्षको दोस्रो ६ महिना र सन् २०२२मा ती देशमा तीव्र आर्थिक पुनर्उत्थानका निम्ति सहज वातावरण बनेकोछ । यो अवधिमा डिजिटल र डिजिटल प्रविधिमा आधारित क्षेत्रको वृद्धिदर उच्च रोजगारी दिने सेवा क्षेत्रकै हाराहारीमा रहने भए पनि यसको माग बढ्दो क्रममा रहनेछ ।

उदयपुरमा ८ महिनामा लक्ष्यको ५१ प्रतिशत राजश्व

कोभिडका कारण थिलथिलो भएको देशको अर्थतन्त्रको बाछिटा उदयपुरमा पनि परेको छ। जसले प्रत्येक्ष प्रभाव राजश्व संकलनमा पर्ने देखिएको करदाता सेवा कार्यालय गाईघाटमा हालसम्म संकलित राजश्वले देखाएको छ।

अर्थतन्त्र पुरानै लयमा : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र पुरानै लयमा फर्कन थालेको बताएका छन्। उद्योग संगठन मोरङको ४८औं साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कोरोनाले थला परेको अर्थतन्त्र पुरानै अवस्थामा फर्कन थालेको बताएका हुन्।

कोरोना प्रभाव कम गर्न सबै पक्षसँग छलफल गर्छौँ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरणका लागि राज्यका तर्फबाट थप के गर्न सकिन्छ भन्नेबारे सरोकारवाला भएका सबै पक्षसँग छलफल गरेर उचित निर्णय गरिने बताएका छन्। उनले भने, “राज्यका तर्फबाट थप के कस्ता विषयमा के कसरी अगाडि बढ्ने भन्नेबारे एउटै टेबलमा बसेर छलफल गरौँ। साझा धारणा बनाऔँ र कार्यान्वयनमा लैजाऔँ।”

‘भाषालाई अर्थतन्त्रसँग जोडे मात्र जगेर्ना हुनसक्छ’

युनेस्कोले तय गरेको ‘समाज र शिक्षामा मातृभाषाको प्रवद्र्धन’ नारासहित आइतबार (२१ फेबु्रअरी) मा विश्वभरि मातृभाषा दिवस मनाइएको छ । नेपालमा पनि भाषा आयोगले मातृभाषालाई जोगाउन बहुभाषिक शिक्षा उपलब्ध गराइ बालबालिकाको अध्ययनको क्रममा भाषिक कठिनाई हटाउने लक्ष्यका साथ दिवस मनायो ।

‘आर्थिक वृद्धिको नेतृत्व पूर्वाधार क्षेत्रले गर्नुपर्छ’

अर्थतन्त्रमा कोरानाले पारेको असरलाई तीन–चार कोणबाट हेर्नुपर्छ। अहिलेसम्मको अध्ययनका आधारमा कोरोनाले पारेको मुख्य असर आर्थिक वृद्धिमा देखिएको छ। केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमानमा गत आवको आर्थिक वृद्धिदर २.२८ प्रतिशत भन्ने छ। विश्व बैंकले ०.२ प्रतिशत भनेकोे छ। हामीले गरेको विश्लेषणबाट पनि आर्थिक वृद्धिमा असर परेको पाएका छौं। यसका बाबजुद पनि आशावादी हुने केही सम्भावना देखिएका छन्। विस्तारै आर्थिक क्रियाकलाप बढ्न थालेका छन्।

‘पुरानो लयमा फर्कंदै अर्थतन्त्र’

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अर्थतन्त्रमा केही समय समस्या देखिए पनि पछिल्ला दिनमा आएको सुधारले सरकारको आत्मबल बढेको बताएका छन्। विश्वका अन्य मुलुकमा जस्तै नेपाली अर्थतन्त्रमा पनि कोभिडले करिब एक वर्षसम्म समस्या ल्याएको छ।

कोरोनापछिको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने

कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे छ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र उकास्न रु छ खर्ब ६५ अर्ब लाग्ने प्रक्षेपण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्