२० आश्विन २०८१ आइतबार
image/svg+xml

देवनारायण स्मृति भारोत्तोलनमा सहभागि हुने खेलाडी प्रशिक्षणमा व्यस्त

यही फागुन २९ गतेदेखि राजविराजमा हुने देवनारायण स्मृति भारोत्तोलन प्रतियोगितामा सहभागित हुने खेलाडी प्रशिक्षणमा व्यस्त छन् ।

म्यानमारमा सेनाले चलाएको गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु

म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार १८ प्रदर्शनकारीको मृत्यु भएको छ। सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको छ। सैनिक कूका नेताहरूले प्रदर्शन रोक्न आग्रह गरे पनि त्यसको कुनै सङ्केत नदेखिएपछि प्रहरी गोली चलाएको जनाएको छ।

बैतडीमा मृत चितुवा फेला

बैतडीमा मृत चितुवा फेला परेको छ । सुर्नया गाउँपालिका–३ को बकजेवला भन्ने स्थानमा शनिबार मृत चितुवा फेला परेको वडाध्यक्ष दिलाराम भट्टले जानकारी दिए । २ फिट उचाई र झण्डै ६ फिट लम्बाईको मृत चितुवा देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आइतबार बिहान प्रहरी टोली र डिभिजन वन कार्यालय बैतडीको टोलीले वन कार्यालय ल्याएर मृत चितुवाको व्यवस्थापन गरिएको डिभिजन वन कार्यालयका डिभिजन प्रमुख केशब पराजुलीले बताए ।

प्यूठानमा एक सुत्केरीको मृत्यु

महिलाको गत बिहीबार शल्यक्रिया गरिएको थियो। स्वास्थ्यमा थप समस्या आएपछि शनिबार साँझ पुनःशल्यक्रिया गरिएको थियो। उनको शल्यक्रियापछि पनि समस्या बढ्दै गएपछि बिहान २ बजे बुटवल पठाइए पनि भालुवाङ पुग्दा मृत्यु भएको प्रमुख पार्धेले बताए।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ। दुर्घटनामा एक युवती घाइते भएकी छन्।

डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु

डोल्पामा रुखले च्यापेर एकजना महिलाको मृत्यु भएको छ। जगदुल्ला गाउँपालिका–३, थापा गाउँकी ३९ वर्षीय बुद्धिरुपा विकको मृत्यु भएको हो।

किसुनजीको स्मृतिमा दौड

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको आयोजनामा चैत २२ गते प्रथम किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहने प्रतियोगिताका विजेता खेलाडीले नगद २५ हजार, दोस्रो हुने खेलाडीले १५ र तेस्रो स्थानको खेलाडीले जनही नगद १० हजार प्राप्त गर्नेछन्।

इक्वेडरमा जेलमा दङ्गा, ७५ जनाको मृत्यु

मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ। गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो।

सरकारले कोरोनाबाट मृत्यु हुनेको तथ्याङक सच्यायो

सरकारले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सच्याएसँगै मृतकको संख्या बढेको छ। कोरोनाबाट मृत्यु भएका थप ६१९ जनाको संख्या थप्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्याङक सच्याएको हो।

भक्तपुरमा टिपरको ठक्करबाट सिन्धुपाल्चोकका एक जनाको मृत्यु

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सल्लाघारीमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

आफ्नै घरमा श्रीमानको शंकास्पद मृत्यु, श्रीमती घाइते

सदरमुकाम गाईघाटमा एक स्थानीय आफ्नै घरमा शंस्कापद अवस्थामा मृत भेटिएका छन्। त्रियुगा नगरपालिका ११ शिवालयटोलका ६५ वर्षीय वीरेन्द्र राई आफ्नै घरको दोस्रो तलामा शनिबार विहान मृत भेटिएका हुन्।

धादिङमा दुर्घटना दुईको मृत्यु, छ जना घाइते

आज बिहान नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नंको मालवाहक ट्रकमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

अमर नेम्बाङको स्मृतिमा डा. भटराई र नेम्बाङ पुरस्कृत

बहुआयमिक व्याक्तिका धनि स्व. अमर नेम्बाङको स्मृतिममा प्रा.डा गोविन्दराज भटराई र विर नेम्बाङलाई साहित्यिक पुरस्कार प्रदान गरिएको छ।

चोरी गर्न गएका युवकको करेन्ट लागेर मृत्यु

रौतहटको वृन्दावन नगरपालिका गाउँको गहुँखेतमा गत २२ माघमा मृत अवस्थामा फेला परेको युवक रितु रामलाई करेन्ट लागेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

जाजरकोटस्थित शिवालय गाउँपालिका–९, छेडा बजारदेखि थलह जोड्ने सडकखण्ड अन्तर्गत चेताह बगरमा सडक निर्माण गर्दै गर्दा माटोको ढिस्कोले पुरिएर एकजना मजदुरको मृत्यु भएको छ। उक्त वडाको नाहाडाका ४६ वर्षीय बिरमा बुढाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्