२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु

सांकेतिक तस्बिर।<br>

डोल्पामा रुखले च्यापेर एकजना महिलाको मृत्यु भएको छ। जगदुल्ला गाउँपालिका–३, थापा गाउँकी ३९ वर्षीय बुद्धिरुपा विकको मृत्यु भएको हो।

भेंडा चराउने क्रममा गोठ नजिकैको रुख ढलेर उनी घाइते भएकी थिइन्। घाइते उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी माझगाउँतर्फ लिँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक्कासी हावाहुरी लागेर रुख ढलेको थियो।

प्रकाशित: १३ फाल्गुन २०७७ ०९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App