२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

आफ्नै घरमा श्रीमानको शंकास्पद मृत्यु, श्रीमती घाइते

मृतकको घर । तस्बिरः महेश्वर

सदरमुकाम गाईघाटमा एक स्थानीय आफ्नै घरमा शंस्कापद अवस्थामा मृत भेटिएका छन्। त्रियुगा नगरपालिका ११ शिवालयटोलका ६५ वर्षीय वीरेन्द्र राई आफ्नै घरको दोस्रो तलामा शनिबार विहान मृत भेटिएका हुन्।

प्रहरीले विहान ७ः३० बजे उनकी श्रीमती ५२ वर्षीया रीता राईलाई घाइते अवस्थामा भेटेर उपचारार्थ विराटनगर पठाएको छ। जिल्ला प्रहरीका अनुसार स्थानीयले एक महिला अचेत अवस्थामा घरछेउमा लडिरहेको भन्ने खवर गरेपछि खटेको टोलीले उनको उद्वार गरी जिल्ला अस्पताल उदयपुरमा उपचार गरेकोमा त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रिफर गरेको छ।  

घाइते श्रीमतीको प्रारम्भिक बयानका आधारमा सोही ठाउँकी ३४ वर्षीया शिला राई पक्राउ परेकी छिन्। आफूमाथि कुटपिट गरेको भन्ने रीताको बयानका आधारमा शिला पक्राउ गरी अनुसन्धान अघि बढाउँदा मात्र श्रीमानको हत्या भएको खुलेको प्रहरीले जनाएको छ। अढाईतले पक्की घरमा श्रीमान श्रीमती मात्र बस्दै आएका उनीहरुमाथि कसरी घट्ना भयो भन्ने विषयमा अनुसन्धान व्यापक बनाइएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए।  

दाहालका अनुसार १५ जनाको टोली परिचालन गरेर अनुसन्धान भईरहेको छ। ‘नराम्रो घट्ना घटेको छ, छिट्टै दोषी पत्ता लगाउने गरी हामी अनुसन्धानमा जुटेका छौं’ एसपी दाहालले भने।

प्रकाशित: १ फाल्गुन २०७७ ०८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App