२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्यूठानमा एक सुत्केरीको मृत्यु

प्यूठानमा एक सुत्केरीको मृत्यु भएको छ। झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आज बिहान बाटो मै मृत्यु भएको प्यूठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिए।  

ती महिलाको गत बिहीबार शल्यक्रिया गरिएको थियो। स्वास्थ्यमा थप समस्या आएपछि शनिबार साँझ पुनःशल्यक्रिया गरिएको थियो। उनको शल्यक्रियापछि पनि समस्या बढ्दै गएपछि बिहान २ बजे बुटवल पठाइए पनि भालुवाङ पुग्दा मृत्यु भएको प्रमुख पार्धेले बताए।  

नवजात शिशु सकुशल रहेको र आफन्तको जिम्मा लगाइएको छ। सुत्केरीको शव अहिले प्यूठान अस्पतालमा ल्याइएको पनि उनले जानकारी दिए। रासस

प्रकाशित: १६ फाल्गुन २०७७ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App