२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

नेपाली काँग्रेस लुम्बिनीमा २१ विभाग गठन

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले पार्टीका २१ वटा विभाग गठन गरेको छ। पार्टीको विधान बामोजिम प्रदेशमा विभिन्न २१ वटा विभागका प्रमुख मनोनयन गरेको प्रदेश सभापती अमरसिंह पुनले बताए।

संसदमा प्रमुख प्रतिपक्षले आफनो धर्म निभाउन सकेनः बिजुक्छे

सत्ता पक्ष असफल भए छायाँ सरकारले सरकार सञ्चालन गर्नुपर्नेमा लाभका लागि प्रमुख प्रतिपक्षले नै सरकारलाई समर्थन गर्न पुग्नु दुर्भाग्यपूर्ण भएको उनले बताए।

सन्दीप प्रकरणमा काँग्रेस महामन्त्रीकाे टिप्पणीः प्रधानमन्त्रीको मौनता जिम्मेवार जवाफ हुन्न

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष पनि यस्तो जिज्ञासा राखेका छन्, ‘खेलकुद मन्त्री प्रधानमन्त्री नै हुनुन्छ। ध्यानाकर्षण गराउँदछु – कि सहि भएको छ, बधाई दिनोस्, कि ‘यो प्रकरणमा पनि’ अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस्।’ उनले प्रधानमन्त्रीको मौनता जिम्मेवार जवाफ हुन्न भन्दै टिप्पणी पनि गरेका छन्।

बाबुराम भटराई छेपारो भन्दा वढी रंग फेर्ने नेताः सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले बाबुराम भटराई छेपारोले भन्दा वढी रंग फेर्दै हिड्ने नेता भएको टिपणी गरेका छन्। त्यस्ता नेतालाई राष्टपति बनाएर देशको हित नहुने उनको भनाई थियो।

दुर्गममा नेपाल एयरलाइन्सको अनलाइन ईटिकट प्रणाली शुरु

नेपाल एयरलाइन्सको नेपालगञ्जबाट जुम्ला सहित दुर्गममा उडान हुने जहाजमा अनलाइन ईटिकट प्रणाली शुरु भएको छ।

सन्दिप र क्यान विरुद्ध सामाजिक सञ्जालमा चल्यो 'बाइकटक्यान' अभियान

हिजो सााँझ देखि सामाजिक सञ्जालमा 'बाइकटक्यान' अभियान चलाएका हुन्। उनीहरुले भोलि शनिबार दिउँसो १ बजे माइतीघरमा भेला भएर क्यानको विरोधमा प्रदर्शन गर्न आह्वान पनि गरेका छन्।

क्यानले गर्‍यो बन्द प्रशिक्षणका लागि सन्दीपसहितको राष्ट्रिय टिम घोषणा

बिहिबार नेपाल क्रिकेट संघ (क्यान) ले यसअघिको २८ सदस्यीय टोलीबाट १० जना कटौती गर्दै सन्दीप लामिछाने र प्रतिश जिसीलाई थपेर २० सदस्यीय टिम घोषणा गरिएको हो।

अन्ततः सन्दिप बन्द प्रशिक्षणमा, आजैदेखि होटलमा बस्ने, थुनामा राख्न निवेदन माथिको सुनवाइ भोली

यद्यपी लामिछानेविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमै विचाराधीन छ। उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कायालयले १७ गते सर्वोच्चमा निवेदन दिएको थियो। यस निवदेन माथि भोलि शुक्रबार पहिलो सुनुवाइ हुने भएको छ।

अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आगामी ग्रिस्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ।

नेपाल टेलिभिजनद्वारा राष्ट्रिय बाणिज्य बैंक सम्मानित

नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवमा राष्ट्रिय बाणिज्य बैंकलाई नेपाल टेलिभिजनले सम्मानित गरेको छ। नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहमाका सम्मानपत्र प्रदान गरि सम्मान गरेको हो ।

क्यान निर्वाचन जेठ मसान्तभित्र

‘जेठ मसान्तभित्रमा विशेष साधारणसभा आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने प्रस्तावलाई पारित गर्ने निर्णय गरेका छौं।’

क्रिकेट संघका अध्यक्ष चन्द भन्छनः राजीनामा माग्नुको तुक छैन

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले कार्यसम्पादन समितिको राजीनामा माग्नुमा कुनै तुक नरहेको उल्लेख गरेका छन्। बुधबार पोखरामा अघिल्लो दिन बसेको संघको बोर्ड बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले पाँच सदस्यीय टोलीले राजीनामा माग्नुको तुक नरहेको स्पष्ट पारे।

लुम्बिनी काँग्रेसले बनायो २१ वटा विभाग

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ विभागगठन गरेको छ। साथै उसले विभागका प्रमुखहरू समेत चयन गरेको छ। पार्टी लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले विभिन्न २१ वटा विभागका प्रमुखहरू तोकेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्