१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदमा प्रमुख प्रतिपक्षले आफनो धर्म निभाउन सकेनः बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले संसदमा प्रमुख प्रतिपक्षले आफ्नो धर्म इमानदारीपूर्वक निभाउन नसकेको बताएका छन्। सत्ता पक्ष असफल भए छायाँ सरकारले सरकार सञ्चालन गर्नुपर्नेमा लाभका लागि प्रमुख प्रतिपक्षले नै सरकारलाई समर्थन गर्न पुग्नु दुर्भाग्यपूर्ण भएको उनले बताए।  

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २१ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १४ औं वार्षिकोत्सव कार्यक्रमको शुक्रबार एक समारोहबीच उद्घाटन गर्दै उनले सरकार असफल भए सरकार बनाउन प्रमुख प्रतिपक्ष सँधै तयार हुनुपर्नेमा नेपालमा अहिले त्यस्तो नदेखिएको बताए। उनले नेपालमा अहिले पश्चिमेली प्रजातन्त्र असफल भई चीनको प्रजातन्त्रतिर जाँदै छ कि भन्ने भान हुन थालेको बताए।  

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरूले २० वर्ष सेवा गर्ने कर्मचारी, प्राध्यापकहरुलाई सम्मानपत्र प्रदान गरे। साथै वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगिताहरुका विजेताहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरियो।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा।डा। शशिधरराम जोशी, पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डीन प्रा।इ। देवीप्रसाद भट्टराई, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाललगायतले समुदायमा आधारित ख्वप इन्जिनियरिङ कलेजले देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको बताए।  

प्रकाशित: २० माघ २०७९ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App