coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाली काँग्रेस लुम्बिनीमा २१ विभाग गठन

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले पार्टीका २१ वटा विभाग गठन गरेको छ। पार्टीको विधान बामोजिम प्रदेशमा विभिन्न २१ वटा विभागका प्रमुख मनोनयन गरेको प्रदेश सभापती अमरसिंह पुनले बताए।  

पार्टीको संगठन विभाग प्रमुखमा प्युठानका सुवास केसी,सूचना सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुखमा दाङका प्रचण्ड विक्रम न्यौपाने,स्वास्थ्य विभागको प्रमुखमा बाँकेका अञ्जना पाण्डे,प्रदेश कानुन तथा संसदीय मामिला विभाग प्रमुखमा पाल्पाका महेन्द्र प्रसाद पाण्डेलाइ मनोनयन गरीएको छ। त्यस्तै प्रदेश तथा स्थानीयन निकाय विभागको प्रमुखमा प्युठानका अमरप्रसाद भण्डारी, शुवेच्छुक संस्था समन्वय विभागमा नवलपरासीका विश्वप्रेम पाठकलाइ सुवास केसीलाइ भाष साहित्य कला तथा संस्कृति विभाग प्रमुखको जिम्मेबारी दिइएको छ।

शिक्षा विज्ञान तथा प्रविधि विभाग प्रमुखमा अर्घाखाँचीका डा। जयबहादुर टण्डनलाइ,गैरसरकारी संस्था तथा सामाजिक सेवा विभाग प्रमुखमा कपिलबस्तुका रवीन्द्र नाथ ठाकुर,अभिलेख अनुगमन तथा मुल्याङ्कन विभाग प्रमुखमा दाङका देवनारायण चौधरीलाइ र युवा तथा खेलकुद विभाग प्रमुखमा रुपन्देहीका दिर्घबहादुर केसी कुमारलाइ मनोनयन गरीएको पार्टीको प्रदेश कार्यालयका मुख्य  सचिव मोहनराज शर्माले जानकारी दिए।  

शान्ति सुरक्षा तथा प्रशासन सेवा विभागको जिम्मेबारी कपिलबस्तुका बिक्रम सिंह थापालाइ,ट्रेड युनियन तथा श्रमिक विभागको प्रमुखमा शान्ति शर्मा,पार्टी सम्पर्क विभागको प्रमुखमा रुपन्देहीका नेता रामबहादुर थापालाइ र तरुण समन्वय विभाग प्रमुखमा बाँकेका टेकनारायण भुसाललाइ जिम्मेबारी दिइएको छ।निर्माण व्यवसायी विभागमा बर्दियाका भेषराज पौडेल,महिला समन्वय विभागमा अर्घाखाँचीका शान्ता भण्डारी,सहकारी विभागमा रुपन्देहीका लिला कुमारी पौडेललाइ,वातावरण तथा बिपद व्यवस्थापन विभागमा बर्दियाका पुष्पलाल श्रेष्ठलाइ,मगर आदिवासी जनजाति  समन्वय विभागमा गुल्मीका छन्द पहराइ मगरलाइ र यातायात विभागमा रोल्पाका पुष्पा श्रेष्ठलाइ प्रमुखको जिम्मेबारी तोकीएको छ।  

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले काँग्रेसको विधान अनुसार प्रदेश समितिले ३४ वटा विभागहरु गठन गर्न पाउने व्यवस्था रहेपनि पहिलो चरणमा २१ वटा विभाग गठन गरीएको बताए। बाँकी विभागहरु छिट्टै गठन गरी पार्टीलाइ थप चलायमान बनाउँने उनले बताए। प्रदेश कमिटि अन्तरगतका ती विभागहरु २५ सदस्यीय रहने र विभाग प्रमुखले सदस्यहरु मनोनयन गर्न पाउने व्यवस्था छ।

प्रकाशित: २० माघ २०७९ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App