१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

शेख सलमान पुनः एएफसी अध्यक्ष

एसियाली फुटबल महासंघ (एएफसी) को अध्यक्षमा बहराइनका शेख सलमान बिन इब्राहिम अल खलिफा पुनः निर्वाचित भएका छन्।

विश्व फुटबल महासंघ (फिफा) को वरिष्ठ उपाध्यक्षसमेत रहेका शेख सलमान आगामी चार वर्षको कार्यकालका लागि बुधबार पुनः एएफसीको अध्यक्षमा निर्वाचित भएका हुन्। सन् २०१३ देखि एएफसीको नेतृत्वमा रहँदै आएका सेख सलमान आफ्नै घरेलु भूमिमा बुधबार भएको कंगे्रसबाट दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा चयन भए।

‘अर्को चार वर्षका लागि मलाई पुनः विश्वास गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु,’ निर्विरोध चयन भएका शेख सलमानले भने, ‘एसियाली फुटबल नयाँ युगमा प्रवेश गर्दै छ।’

सेफ ब्लाटरमाथि भ्रष्टाचारको मुद्दा लागेपछि सन् २०१६ मा भएको फिफाको नेतृत्व चयनमा बहराइनका शेख सलमान हालका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोको विपक्षीमा थिए। फिफाको २११ सदस्य राष्ट्रमध्ये एसियामा मात्र ४७ वटा सदस्य राष्ट्र छन्। एएफसीको दोस्रो कार्यकालका लागि सेख सलमान दोस्रो पटक चयन भएसँगै फिफाका अध्यक्ष इन्फान्टिनोले उनलाई बधाई दिए। इन्फान्टिनोले एसियन फुटबलको प्रशंसा गर्दै कतार विश्वकप २०२२ तर्पm इंगित गरेका छन्।

‘कतार विश्वकप अहिलेसम्मकै उत्कष्ट विश्वकपमध्ये एक हो,’ इन्फान्टिनोले भने, ‘अन्यलाई विश्वकपमा यति सफल बनाउन कठिन नै हुनेछ।’ कतारी व्यापारी मोहम्मद बिन हमाममाथि प्रतिबन्ध लागेपछि सेख सलमान नै एएफसीको नेतृत्वमा निर्विरोध बन्दै आएका छन्। सेख सलमान सन् २०१५ र २०१९ मा पनि सर्वसम्मत रूपमा एसियाली फुटबलको नेतृत्वमा चयन भएका थिए। त्यस्तै साउदी अरेबियाले आगामी सन् २०२७ को एसियन कप आयोजनाको अधिकार पाएको एएफसीले जनाएको छ।

गत डिसेम्बरमा भारतले दाबेदारीबाट हात झिकेपछि साउदी मात्र सो आयोजनाको एक्लो दाबेदार थियो। बुधबार एएफसीले उक्त आयोजनाको जिम्मेवारी साउदीले पाएको घोषणा गरेको हो। यसअघि विश्वकै चर्चित फुटबलरलाई भित्र्याएको साउदीले एसियाली फुटबलकै ठूलो आयोजनाको जिम्मेवारी पाएको हो। सन् २०२३ को एसियन कप भने कतारमा आयोजना हुने भएको छ। सुरुमा यो आयोजना चीनले पाएको थियो, तर कोभिड महामारीका कारण त्यहाँबाट आयोजना सरेको हो।

एएफसीको कार्यकारी सदस्यमा नेम्वाङ

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एएफसीको कार्यकारी सदस्यमा निर्वाचित भएका छन्।

बुधबार बहराइनमा भएको ३३औं एएफसी कंगे्रसले दक्षिण क्षेत्रबाट नेम्वाङलाई निर्विरोध एएफसीको कार्यकारी सदस्यमा निर्वाचित गरेको हो। उनको यो कार्यकाल सन् २०२३ देखि २०२७ सम्म रहनेछ। 

प्रकाशित: १९ माघ २०७९ ०१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App