१४ असार २०८१ शुक्रबार
image/svg+xml

दाइजो निहुँमा दुई महिलाको हत्या

दाइजोलाई लिएर सर्लाहीका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ। सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो।

प्रचण्ड गर्मीले काकाकुल रौतहट र सर्लाही

केही दिनदेखि रौतहट र सर्लाहीमा प्रचण्ड गर्मीले जनजीवन अत्यन्त कष्टकर भएको छ। घरभित्र पनि गर्मी अत्यधिक हुने र घरबाहिर अत्यन्त चर्को घाम हुने भएपछि जनजीवन अत्यन्त कष्टकर भएको हो।

रौतहट र सर्लाहीमा बाली नोक्सान पार्दै नीलगाई

रौतहट र सर्लाहीमा नीलगाईले बाली नोक्सान गरेको छ। रौतहट र सर्लाहीको विभिन्न भागमा दर्जनौँको संख्यामा झुन्डमा देखिने नीलगाईको आतंकले सर्वसाधारण किसान आतंकित बनेका छन्।

ठगी आरोपमा मेयरका छोरा पक्राउ

सर्लाहीको हरिवन नगरपालिकाका नगर प्रमुखका छोरा ठगी आरोपमा पक्राउ परेका छन्। नगर प्रमुख कमल बुढाथोकीका छोरा निरोज बुढाथोकीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो।

सर्लाहीमा स्रोत नखुलेको पौने तीन लाखसहित भारतीय पक्राउ

सर्लाही प्रहरीले स्रोत नखुलेको करिब पौने तिन लाख नेपाली रुपैयासहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ।

घाँटी छिनाइएकाे अवस्थामा सर्लाहीमा भेटियो पुरुषको शव

घाँटी छिनाइएको अवस्थामा सर्लाहीमा एक जना पुरुषको शव भेटिएको छ । घटना सर्लाहीको हरिपुर्वा नगरपालिकाको भएको प्रहरीले जनाएको छ।

सर्लाहीमा फेरि आगलागी

सर्लाहीमा मंगलवार राति आगलागी भएको छ।लगातार केही दिनदेखि आगलागी भइरहेको सर्लाहीमा पुनः आगलागी हुँदा लाखौँको क्षति भएको छ।

हाजिरी गरेको एक घण्टामै सरुवा

सर्लाहीको हरिपुर्बा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा भएका छन्।

रौतहट र सर्लाही भएर तस्करीको संजाल फस्टाउँदै

गृहमन्त्रीसित सोझै तस्करी बन्द गर्नुपर्ने आग्रह गरिएको रौतहटमा अवैध तस्करीको संजाल फस्टाउँदै गएको देखिएको छ।

तस्करीको सामान खोज्दा सर्लाही प्रहरीले भेट्यो पेस्तोल

तस्करीको सामान लुकाएको आशंकामा खोजी गर्न गएको सर्लाही प्रहरीले चोरीको मोटरसाइकल र अवैध हतियार फेला पारेको छ। सर्लाहीको मलंगवा नगरपालिका १ स्थित अवध राय यादवको घरबाट अवैध हातहतियार र चोरीको मोटरसाइकल प्रहरीले बरामद गरेको हो।

फोहोर फाल्ने ठाउँमा भेटियो पाँच लाख !

सर्लाहीको एक बजारमा फोहोर फाल्ने ठाउँमा सबा पाँच लाखभन्दा बढी नक्कली नेपाली रूपैयाँ फेला परेको छ।

मिलेमतोमा सर्लाहीको वन क्षेत्रमा अवैध उत्खनन

डिभिजन वन कार्यालय र ठेकेदारको मिलेमतोमा जानकी नगर वन क्षेत्रमा अवैध उत्खनन भएको पाइएको छ। सर्लाहीको जानकीनगरमा रहेको सब डिभिजन वन कार्यालयका कर्मचारीको मिलेमतोमा राष्ट्रिय वन अतिक्रमण गरी माटो उत्खनन गरी बिक्री गरिएको पाइएको छ।

सर्लाहीमा नक्कली नोट बनाउने गिरोह सक्रिय रहेको खुलासा

सर्लाहीमा नक्कली नेपाली रुपैयाको कारोबार फस्टाएको आशंका गरिएको समयमा नक्कली नोट बनाउने गिरोह नै सक्रिय रहेको खुलासा भएको छ।

सर्लाहीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त

सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ।

तीन फरार अभियुक्तद्वारा आत्मसमर्पण

झगडा विवादमा घाइते भई मृत्यु भएको मुद्दाका तिन जना फरार अभियुक्तहरुले सोमवार प्रहरी समक्ष आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्