१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

रौतहट र सर्लाहीमा बाली नोक्सान पार्दै नीलगाई

रौतहट र सर्लाहीमा नीलगाईले बाली नोक्सान गरेको छ। रौतहट र सर्लाहीको विभिन्न भागमा दर्जनौँको संख्यामा झुन्डमा देखिने नीलगाईको आतंकले सर्वसाधारण किसान आतंकित बनेका छन्।

रौतहटको गढीमाई नगरपालिका २ समनपुरका रवीन्द्र सहनीले नीलगाईको आतंकले आफूहरू निकै पीडित बनेको बताएका छन्। बागमती नदीको बगरमा सयौँको संख्यामा रहेको नीलगाईले बालीनालीलाई नोक्सान पुर्‍याएको बताएका छन्। बालीनालीलाई नोक्सान पुर्‍ याउँदा आफूहरू निकै समस्यामा परेको सहनीको भनाइ छ।

यस्तै धर्मेन्द्र पटेलले पनि समूहमा आउने नीलगाईले तरकारी बालीमा ठूलो नोक्सानी पुर्‍ याउने गरेको बताउँछन्। तरकारी बाली खान पल्केका नीलगाईको समूहले बाली नै बर्बाद पारेको पटेल बताउँछन्।

यसै गरी धन्हारीका केराखेती किसान राम बिलास साहले नीलगाईले केराखेतीमा ठूलो नोक्सान पुर्‍ याएको बताएका छन्। केराको झारलाई भाँचेर तथा फलेको केरा नै खाइदिएर नीलगाईले नोक्सानी पुर्‍ याइरहेकोले केराखेती गर्ने किसानले दुःख पाइरहेको साह बताउँछन्।

सर्लाहीको खैर्बाका किसान भोला सहनीले नीलगाई बालीमा पसेर नोक्सान पुर्‍ याइरहेको बताउँछन्। समूहमा आउने नीलगाईले बालीमा पसेर खाने तथा बाली कुल्चेर हैरान पारेको सहनीको भनाइ छ। आफ्नो धनिया खेतीलाई नीलगाईले सखाप नै पारेको सहनी बताउँछन्।

किसानको खेतमा निरन्तर नोक्सानी पुर्‍ याइरहेको नीलगाईको समूहले उष्ण प्रादेशिक बागवानी केन्द्र नवलपरमा पनि ठूलो नोक्सानी पुर्‍ याइरहेको छ। केन्द्रको सीमाभित्र करिब साढे तीन सयको संख्यामा रहेको नीलगाईले केन्द्रको विरुवा खाइदिने गरेको केन्द्र स्रोतको दाबी छ।

सर्लाही र रौतहटमा विभिन्न बालीमा नीलगाईको समूहले ठूलो नोक्सानी पुर्‍ याइरहँदा सम्बन्धित निकायको ध्यान जान नसकेको किसानको भनाइ छ। नीलगाईलाई नेपालमा संरक्षित पशु चौपायाको श्रेणीमा राखिएको र धपाउँदा पनि सावधानी अपनाउनु पर्ने भएकोले किसानहरूले आफ्नो बालीलाई सुरक्षा दिनुपरेको गुनासो रहेको छ।

नीलगाईले रौतहट र सर्लाहीको खेतीमा वर्षेनी करोडौको नोक्सान पुर्‍ याउने गरेको अनुमान गरिएको छ। 

प्रकाशित: १७ जेष्ठ २०८० १४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App