१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

तस्करीको सामान खोज्दा सर्लाही प्रहरीले भेट्यो पेस्तोल

क्याप्शन

तस्करीको सामान लुकाएको आशंकामा खोजी गर्न गएको सर्लाही प्रहरीले चोरीको मोटरसाइकल र अवैध हतियार फेला पारेको छ। सर्लाहीको मलंगवा नगरपालिका १ स्थित अवध राय यादवको घरबाट अवैध हातहतियार र चोरीको मोटरसाइकल प्रहरीले बरामद गरेको हो।

प्रहरीले तस्करी सामान रहेको सूचनाको आधारमा यादवको घरमा छापामारी गर्दा १५० सिसिको कालो रङ्गको पल्सर मोटरसाइकल बरामद गरेको छ। बरामद मोटरसाइकलको चेसिस नम्बर पनि केरमेट गरेको अवस्थामा रहेको र नम्बर प्लेट समेत नभएको अवस्थामा रहेको प्रहरीको भनाइ छ।

यादवका छोराहरु तस्करीको सामान ओसारपसार गर्ने गरेको तथा कहिलेकाही घरमा नै भन्डारण गर्ने गरेको सूचनाको आधारमा प्रहरीले घरमा छापामारी गरेको हो। प्रहरीले छापामारी गर्दा यादवका दुई छोराहरु इन्द्रजीत राय र रन्जित राय फरार रहेका छन्। दुवै जनाको खोजी कार्य भइरहेको एसपी नरेश राज सुवेदीले बताएका छन्।

घरमा छापामारी गर्दा तस्करीको लागि प्रयोग गरिने गरिएको मोटरसाइकलका साथै अटोमेटिक पेस्तोल पनि प्रहरीले बरामद गरेको छ। मोटरसाइकलमा चोरी तस्करी गर्ने गरेको प्रहरीको दाबी रहेको छ।

प्रकाशित: ६ वैशाख २०८० १५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App