१९ असार २०८१ बुधबार
image/svg+xml

जनकपुरमा कटुवा पेस्तोलसहित एकजना भारतीय पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–१ रेल्वे स्टेशनस्थित हनुमान मन्दिरको प्राङ्गणबाट उनलाई मङ्गलवार साँझ रेल्वे सुरक्षा बेसबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

बेवारिसे पेस्तोल बरामद

इलाका प्रहरी कार्यालय केशरगन्जको प्रहरी टोलीले बेवारिसे अवस्थामा सडकमा छाडिएको एक थान पेस्तोल बरामद गरेको हो।

न्यायाधीशका पिएसओकाे पेस्तोल चोरी गर्ने दुई पक्राउ

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

तस्करीको सामान खोज्दा सर्लाही प्रहरीले भेट्यो पेस्तोल

तस्करीको सामान लुकाएको आशंकामा खोजी गर्न गएको सर्लाही प्रहरीले चोरीको मोटरसाइकल र अवैध हतियार फेला पारेको छ। सर्लाहीको मलंगवा नगरपालिका १ स्थित अवध राय यादवको घरबाट अवैध हातहतियार र चोरीको मोटरसाइकल प्रहरीले बरामद गरेको हो।

धनुषाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

सवैला नगरपालिका–१२ नहर चोकस्थित मैनाथपुर बिरेनद्रबजार सडकबाट कटुवा पेस्तोलसहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका–७ चोहर्वा बस्ने ३५ वर्षीय राम सागर ठाकुर छन्। उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

अमेरिकन पेस्तोलसहित तीन भारतीय नगरिक पक्राउ

सशस्त्र प्रहरी धनुषाले अमेरिकन पेस्तोलसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सोमबार बिदेह नगरपालिका-१ स्थित महिनाथपुर नाकाबाट पक्राउ परेको हो।

पेस्तोलसहित एक जना पक्राउ

उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश खुट्टापिपराडीले उक्त पेस्तोल तथा ११ वटा नाईट्रोभेट ट्याब्लेट र १० ग्राम गाँजा समेत फेला पारेको हो।

कटुवा पेस्तोलसहित रौतहटमा चार जना पक्राउ

कटुवा पेस्तोलसहित रौतहटमा चार जनालाई पक्राउ गरिएको छ। रौतहटको दुर्गा भगवती गाउँपालिका २ भलोहियाका २४ वर्षीय संजय साह सोनारको घरमा अवैध हातहतियार रहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोलीले सोनारको घर खानतलासी गरेको थियो।

गोङ्गबुबाट पेस्तोलसहित तीन जना पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो।

गोली लोडेड अवस्थामा रहेको अमेरिकन पेस्तोलसहित दुई जना पक्राउ

एपीएफ टोलीले काठमाडौंको गहना पोखरी ईलाकाबाट चैत्र १४ गते दिउँसो मेडईन यूएसए लेखिएको ९ मिमि पेस्तोल एक थानसहित दुई जनालाई पक्राउ गरेको छ। त्यसबेला सोको पाँच वटा गोली म्याग्जिनमा लोडेड रहेको अवस्थामा बरामद गरिएको हो।

सुनचाँदी र पेस्तोल बरामद

प्रहरीलाई छलेर बिक्रीवितरण गर्न लगिँदै गरेको साढे १४ किलो चाँदी र आधा केजी सुन प्रहरीले मंगलबार कमलादीबाट बरामद गरेको छ।

कबाडी पेस्तोलले खेलाडीलाई धोका

जारी सागमा १० मिटर एयर पेस्तोल प्रतिस्पर्धामा नेपालबाट १२ खेलाडी सहभागी छन्। ती सबैले १० वर्ष पुरानो एउटै पेस्तोलबाट प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्