७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

घाँटी छिनाइएकाे अवस्थामा सर्लाहीमा भेटियो पुरुषको शव

घाँटी छिनाइएको अवस्थामा सर्लाहीमा एक जना पुरुषको शव भेटिएको छ । घटना सर्लाहीको हरिपुर्वा नगरपालिकाको भएको प्रहरीले जनाएको छ।

हरिपुर्वा नगरपालिका १ पथरा पुलभन्दा करिब पाँच सय मिटर पर मसलाको रुख भएको झाडीमा घाँटी छिनाइएको शव एकातिर र टाउको अर्कोतिर फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  जिउ र टाउको दुरी बिसदेखि पच्चीस मिटर भएको प्रहरीको भनाइ छ।

घटनाबारे थाहा पाउनासाथ घटनास्थल पुगेको प्रहरीको टोलीले अनुसन्धान गर्दा मृत भारत बिहारको सीतामढी जिल्ला सोनबरसा ग्राम पंचायत वडा नम्बर ९ का रामबाबु महताको करिब २८ वर्षको छोरा शेखर सुमन भन्ने सिकु महतो भएको खुलेको छ। घटनाको मुचुल्का पश्चात मृतक लासलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि कैलाश राईले जानकारी गराएका छन्। 

प्रकाशित: २८ वैशाख २०८० ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App