७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

तीन फरार अभियुक्तद्वारा आत्मसमर्पण

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा तीन फरार अभियुक्तले आत्मसमर्पण गरेका छन्। 

झगडा विवादमा घाइते भई मृत्यु भएको मुद्दाका तीन जना फरार अभियुक्तहरुले सोमवार प्रहरी समक्ष आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

२०७५ कात्तिक १२ गते बिहान रामनगर गाउँपालिका ४ मा दुई समूहबिच विवाद भई झगडा भएको थियो। झगडाले उग्र रुप लिएपछि दुई पक्षबिच मारपिट भएको थियो। मारपिटबाट तत्कालीन वडाध्यक्ष राम नरेश महतोको खुट्टा भाँचिएको थियो भने राम बिलास महतोको मृत्यु भएको थियो।

घटनापछि घटनामा संलग्न रहेका अभियुक्तहरु फरार भएका थिए। घटना भएको करिब साढे चार वर्षमा कर्तव्य ज्यान तथा हातहतियार मुद्दाका तिन फरार अभियुक्तहरुले सोमवार आत्मसमर्पण गरेका हुन्।

प्रहरी समक्ष सोमवार आत्मसमर्पण गर्नेहरुमा धर्मेन्द्र साह, राजीव कुमार यादव र देवेन्द्र राय यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

आत्मसमर्पण गरेका तिनै जनालाई पुर्पछका लागि सर्लाही जिल्ला अदालत मलंगवामा पेश गरिएको सर्लाहीका प्रहरी प्रमुख एसपी नरेश राज सुवेदीले जानकारी गराएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान नै चलाएको छ। गत दुई महिनामा कर्तव्य ज्यान, हातहतियार, लागू औषधसहित विभिन्न मुद्दाहरुमा फरार ३४९ अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पेश गरिरहेको प्रहरीको दाबी रहेको छ।

प्रकाशित: ८ फाल्गुन २०७९ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App