२० आश्विन २०८१ आइतबार
image/svg+xml

विराट गोल्डकप: घरेलु टोली विराटनगरलाई हराउँदै एपिएफ फाइनलमा

बुधबार राति भएको खेलमा घरेलु टोली विराटनगरलाई ३–२ गोलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। एपिएफको फाइनल यात्राका नायक मणि लामा भए । उनले अन्तिम समय टोलीका लागि गोल संख्या थप्ने काम गरे। एपिएफ विराट गोल्डकपको फाइनलमा दोस्रो पटक प्रवेश गरेको छ।

एपिएफलाई मिल्स गोल्डकपको उपाधि

सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपिएफ)ले प्रथम मिल्स गोल्डकपको उपाधि जितेको छ। मिल्स गोल्डकप फुटबल ट्रष्टले विराटनगरमा आयोजनामा गरेको प्रतियोगिताको उपाधि एपिएफले जिते हो। खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमा पुगेको थियो। विराटनगरको साइनो स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो।

मेयर कप महिला क्रिकेट: प्रदेश–१ र एपिएफबीच उद्घाटन खेल

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार जारी गरेको खेलतालिकाअनुसार प्रधानमन्त्री कपको विजेता प्रदेश–१ ले एपिएफविरुद्ध चुनौती प्रस्तुत गर्दै चैत २१ देखि हुने मेयर कप महिला क्रिकेटको यात्रा सुरु गर्ने भएको हो। पहिलो दिन दुई खेल हुँदा दोस्रो खेलमा मेयर–११ र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

गणेशमान सिंह टेन–के रोड रेस: गोपीचन्द्र र सन्तोषीद्वारा उपाधिरक्षा

साबिक विजेता एपिएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन–के रोड रेस प्रतियोगिताको उपाधि रक्षा गरेका छन्। शनिबार आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले उपाधिका रक्षा गरेका हुन्।

एपिएफलाई पिएम कप भलिबल

साबिक विजेता नेपाल पुलिस क्लबको चुनौतीलाई समाप्त पार्दै एपिएफले नेपालगन्जमा सम्पन्न सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधि जितेको छ। नेपालगन्ज कभर्डहलमा सम्पन्न खेलमा एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।

प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल: एपिएफ र न्यु डायमन्ड विजयी

नेपालगन्ज रंगशालाको कभर्ड हलमा आइतबार एपिएफले लुम्बिनी युनाइटेडलाई हराउँदै दोस्रो जित निकाल्दा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनाउँदै पहिलो सफलता निकालेको हो। बलियो टोली एपिएफले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ को सोझो सेटमा पराजित गरेको थियो।

एकदिवसीय पुरुष क्रिकेट: आर्मी र एपिएफबीच उद्घाटन खेल

क्यानले प्रेस–विज्ञप्ति जारी गरेर प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। पहिलो पटक हुन लागेको प्रतियोगिताका लागि जारी तालिकाअनुसार विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीच उद्घाटन खेल हुनेछ।

राष्ट्रिय महिला लिग: दुई खेलअगावै एपिएफलाई उपाधि

विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएपछि दुई खेलअगावै राष्ट्रिय महिला लिग फुटबलको विजेता बनेको एपिएफले अपराजित यात्रालाई ११औं खेलसम्म निरन्तरता दिएको छ।

एपिएफकी स्ट्राइकर सावित्रालाई चाँडो शल्यक्रिया आवश्यक

पुलिसविरुद्धको खेलमा घाइते भएकी सावित्राको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएकाले उनी लामो समय मैदानबाहिर रहने भएकी हुन्। एपिएफका टिमका व्यवस्थापक अमित मल्लले सावित्राको घुँडाको लिगामेन्ट च्यातिएको र तत्काल शल्यक्रिया गर्नुपर्ने जानकारी दिए। ‘

महिला राष्ट्रिय लिग: प्रतिस्पर्धात्मक खेलमा एपिएफ सफल

उपहार गोलबाट अग्रता लिएको एपिएफले पुलिसलाई २–१ ले हराउँदै महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई सोमबार पनि निरन्तरता दिँदा दिनको दोस्रो खेलमा आशा कुमारीको निर्णायक गोलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई १–० ले स्तब्ध बनाएको छ।

प्रधानमन्त्री कप: प्रिन्स र दीपेशबीच उपाधि भिडन्त

सशस्त्र प्रहरी बल एपिएफ क्लबका प्रिन्स दाहाल र दीपेश धामी योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

महिला राष्ट्रिय लिग: एपिएफको शतप्रतिशत जित यथावत्

एपिएफले महिला राष्ट्रिय लिगमा शतप्रतिशत नतिजालाई नवौं खेलसम्म पनि निरन्तरता दिएको छ। शनिबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको पहिलो खेलमा एपिएफले स्याङ्जाको वालिङ नगरपालिकामाथि ६–० को जित हात पारेको हो।

एपिएफ र न्यु डायमन्डको जित

टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार पोखरा रंगशालामा त्रिभुवन आर्मी क्लबमाथि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले संघर्षपूर्ण जित निकाल्दा नेपाल पुलिस भने न्यु डायमन्ड एकेडेमीसँग सोझो सेटमा पराजित भएको छ। एपिएफसँग निकै प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पराजित हुँदै आर्मी क्लब प्रतियोगिताबाट बाहिरियो।

पुनरागमनमा एपिएफलाई सफलता

न्युरोड टिम (एनआरटी) लाई पुनरागमनमा निराश पार्दै विभागीय टोली एपिएफ धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

तेस्रो पटक एपिएफ च्याम्पियन

अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लब चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो उपाधि उचाल्न चुकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्