coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मेयर कप महिला क्रिकेट: प्रदेश–१ र एपिएफबीच उद्घाटन खेल

प्रधानमन्त्री कपमा फाइनलका प्रतिद्वन्द्वी प्रदेश–१ र सशस्त्र प्रहरी बलको एपिएफले पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्। 

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार जारी गरेको खेलतालिकाअनुसार प्रधानमन्त्री कपको विजेता प्रदेश–१ ले एपिएफविरुद्ध चुनौती प्रस्तुत गर्दै चैत २१ देखि हुने मेयर कप महिला क्रिकेटको यात्रा सुरु गर्ने भएको हो। पहिलो दिन दुई खेल हुँदा दोस्रो खेलमा मेयर–११ र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

चैत २१ गतेदेखि ट्वान्टी–२० फरम्याटमा हुने मेयर कपमा प्रदेश–१ र एफिएफसहित सुदूरपश्चिम, लुम्बिनी प्रदेश र मेयर–११ गरी पाँच टोलीले प्रतिस्पर्धा गर्दै छन्। महानगरबाहेकका टोली प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलिस्ट हुन्।

सिंगल राउन्ड रोबिन पद्धतिमा हुने यस प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनलमा भने २८ गते हुनेछ। मेयर कपका विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५ हजार रूपैयाँ प्राप्त गर्नेछन्। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार पाउँदा उत्कृष्ट बलर र ब्याट्सवुमनले समान १५ हजार रूपैयाँ हात पार्नेछन्। प्रत्येक खेलका प्लेअर अफ दी म्याचले नगद ३ हजार रूपैयाँ हात पार्नेछन्। प्रतियोगिताका सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन्।

प्रकाशित: १० चैत्र २०७७ ०५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App