१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

एपिएफलाई मिल्स गोल्डकपको उपाधि

मिल्स गोल्डकपको उपाधिका साथ एपिएफको टोली। तस्बिरः चुमन/नागरिक

सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपिएफ)ले प्रथम मिल्स गोल्डकपको उपाधि जितेको छ। मिल्स गोल्डकप फुटबल ट्रष्टले विराटनगरमा आयोजनामा गरेको प्रतियोगिताको उपाधि एपिएफले जिते हो। खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमा पुगेको थियो। विराटनगरको साइनो स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो।  

एपिएफका उज्जवल चाम्लिङ राई, राजकुमार कन्दङबा, रोशन कार्की र आशिष चापागाईंले गोल गरे भने नवीन चौधरीको प्रहारलाई गोलरक्षकले विफल पारे। त्यस्तै साइनोका दिवाकर चौधरी, कैलाश बस्नेत र रवि थापा मगरले गोल गरे। दोर्जे तामाङको प्रहार बाहिरियो भने तीर्थ बस्नेतको प्रहारलाई गोलरक्षकले उत्कृष्ट बचाउ गरे।  

१४ औं मिनेटमा साइनोका गिल्साङ कन्दङवाले गोलरक्षकलाई बिट गर्दै डिबक्सभित्रबाटै गरेको प्रहारलाई एपिएफका खेलाडी क्लीयर गरे। १८ औं मिनटमा पुनः कन्दङवाले पाएको बललाई सदुपयोग गर्दै गोल गरे। डिबक्स लाइनबाट गरेको प्रहार एपिएफका खेलाडीले क्लीयर राम्रोसँग क्लीयर गर्न नसक्दा बक्सभित्रै पाएको बल गोलमा परिणत गरे। ३६ औ मिनटमा एपिएफका आशिष चापागाईंले पाएको मौकाको सदुपयोग गर्दै गोल गरी बराबरी पारे।  

म्यान अफ द फाइनल एपिएफका आशिष चापागाईंले नगद पाँच हजार प्राप्त गरेका छन्। व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षक एपिएफका दिलकुमार लिम्बू, उत्कृष्ट डिफेन्ड एपिएफकै नवीन चौधरी, उत्कृष्ट मिडफिल्ड साइनोका कैलाश बस्नेत, सर्वाधिक गोलकर्ता साइनोका गिल्साङ कन्दङवा, उत्कृष्ट प्रशिक्षक एपिएफका सुवास गिरी र सर्वोत्कृष्ट खेलाडीमा साइनोका दिवाकर चौधरी भए। उनीहरु सबैले जनही नगद ७ हजार रुपैयाँ प्राप्त गरे।  

प्रतियोगिताको विजेता एपिएफले नगद १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता साइनोले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्‍यो। खेलाडीहरुलाई प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, मिल्स गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीलगायतले पुरस्कार वितरण गरे।

प्रकाशित: १५ चैत्र २०७७ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App