दिनहुँ सयौं मास्क निःशुल्क बाँड्दै वीरु
हातमा प्लाष्टिकको ठूलो झोला, झोलामा मास्क। घोराहीका व्यस्त चोकमा दिनहुँजसो भेटिने वीरबहादुर खत्रीले (वीरु) मास्क नलगाई हिँडेका व्यक्तिलाई माक्स निःशुल्क दिँदै आएका छन्।
हातमा प्लाष्टिकको ठूलो झोला, झोलामा मास्क। घोराहीका व्यस्त चोकमा दिनहुँजसो भेटिने वीरबहादुर खत्रीले (वीरु) मास्क नलगाई हिँडेका व्यक्तिलाई माक्स निःशुल्क दिँदै आएका छन्।
खोटाङको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुचर (टाँका दिने) र प्लाष्टर सेवा निःशुल्क गरिएको छ ।
घरको काम गरेर पनि उच्च शिक्षा अध्ययन गरिरहेका सहयोगी महाविद्यालयमा स्नातक तहमा अध्ययनरत ४२ छात्रालाई सहयोगस्वरुप शैक्षिक सामग्री वितरण गरिएको छ।
बाजुराको गौमूल गाउँपालिकाको सातौँ गाउँ सभाले सबै वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट एक सय १० प्रकारका औषधि निःशुल्क दिने नीति अघि सारेको छ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले नेपाल सरकारले निःशुल्क रुपमा प्रदान गरेका ३५ प्रकारका औषधि गाउँपालिका भित्रका नागरिकलाई बाह्रै महिना चौबिसै घण्टा उपलब्ध गराउने घोषणा गरेको छ ।
कोरोना भाइरसको महामारीका कारण विदेशमा रोजगारी गुमाएका ठूलो संख्याका श्रमिक उद्धारको पखाइमा छन्। सर्वोच्च अदालतले उद्धारको आदेश दिएको पनि दु्ई महिना भइसक्यो। सर्वोच्चले विदेशमा अलपत्र परेकालाई वैशाख ४ गते उद्धार थाल्न आदेश दिएको थियो।
प्युठान नगरपालिकाले चालू आर्थिक वर्षमा नगर क्षेत्रमा कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा कार्यक्रम लागु गरेको छ। यसका लागि नगरपालिकाले चालू आव २०७६/७७ को बजेटमार्फत आवश्यक व्यवस्था मिलाएको जनाएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री ग्राहकले अनलाइनबाटै माग गरेमा निःशुल्क डेलिभरी गरिने भएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक दम्पत्तीले कृषि महिला सहकारी संस्थालाई जग्गा प्रदान गरेका छन् । हलेसी कृषि महिला सहकारी संस्थाको भवन निर्माणका लागि स्थानीय जगत बहादुर बस्नेत र बिन्दामायाँ बस्नेतले ५ आना निःशुल्क जग्गा प्रदान गरेका हुन् ।
जिल्ला सदरमुकाम फिदिमको बजार क्षेत्रमा अन्तराष्ट्रिय मापदण्डको खेल मैदान बनाउन जग्गा अभाव भएपछि फिदिम–५ को सरसीउला भन्ने ठाँउका बासिन्दाले निःशुल्क जग्गा दिने घोषणा गरे ।
राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकामा गुनासो गरेका छन्।
बन्दाबन्दीको समयमा नेपाल स्वयंसेवक सङ्घले भक्तपुर र कोटेश्वरका विभिन्न स्थानमा निःशुल्क खाना खुवाइरहेको छ।
कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको मारमा परेका विपन्न, असाहय व्यक्तिलाई उद्योग व्यापार समिति सुखीपुर सिरहाले आजदेखि निःशुल्क खाना खुवाउन शुरु गरेको छ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित उच्च जोखिममा रहेका दीर्घ रोगीलाई हेलम्बु गाउँपालिकाले निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ। रोगीका घर–घरमा टोली परिचालन गरेर शनिबारदेखि औषधि वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए। ‘लकडाउनको समयमा औषधी किन्न बजार निस्कन असहज भएपछि गाउँपालिकाले दीर्घरोगीलाई औषधिको व्यवस्था गरेको हो,’ उनले नागरिकसँग भने। उनका अनुसार प्रेसर, सुगर, दम, ढाड, नसा र मुटुरोगीले घरमै औषधि पाउने छन्।
बैतडीको डिलाशैनी गाउँपालिकाले दीर्घरोगीका लागि घरमै निःशुल्क औषधि पुर्याउने भएको छ।