८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

दैनिक ६०० लाई निःशुल्क खाना

काठमाडौँ - बन्दाबन्दीको समयमा नेपाल स्वयंसेवक सङ्घले भक्तपुर र कोटेश्वरका विभिन्न स्थानमा निःशुल्क खाना खुवाइरहेको छ। सङ्घका अध्यक्ष सन्तोष निरौलाले बाटोमा अलपत्र परेका मानिस, मजदुर, विद्यार्थी, कोठामा बस्ने र अस्पतालका बिरामीलाई गत चैत १५ गतेदेखि निःशुल्क खाना खुवाइरहेको जनाए।

सङ्घले बिहान ९ बजेर ३० मिनेट देखि १२ बजेसम्म र साँझ ५ बजेर ३० मिनेट देखि ९ बजेसम्म भक्तपुर, थिमि, सूर्यविनायक, भक्तपुर क्यान्सर अस्पताल र कोटेश्वरका विभिन्न स्थानमा पुगेर खाना खुवाउने गरेको छ। पकाएको खाना गाडीमा राखेर ती स्थानमा जाने गरेका छौँ” सङ्घकी उपाध्यक्ष सीता सुवेदीले भनिन्, अनि बाटोमा हिँडिरहेका मानिस र मजदुरलाई खाना दिन्छौँ, उनले विभिन्न सङ्घसंस्थासँग खाद्यान्न मागी खाना बनाएर खुवाएको बताइन्।

खानामा दाल, तरकारी, भात र अचार रहने गरेको छ। खानाका लागि प्लाष्टिकका सामान प्रयोग गरिएको हुन्छ। उनका अनुसार खाना खुवाउनका लागि ३० स्वयंसेवक परिचालन गरिएको छ। पहिले दैनिक १५० जनालाई खाना खुवाउँदै गरेकामा अहिले ६०० जना पुगेका छन्। बिहान ३०० हुन्छन् भने साँझपख भने मानिसको सङ्ख्या बढ्ने गर्दछ। सङ्घले विसं २०७२ को भूकम्प र विभिन्न ठाउँमा गएको बाढीपहिरोमा समेत यसैगरी खाना खुवाउने गरेको थियो। रासस

प्रकाशित: २४ वैशाख २०७७ ०५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App