२१ आश्विन २०८१ सोमबार
image/svg+xml

खाद्य गुणस्तर जाँच्न १२ सीमा नाकामा प्रयोगशाला

मुलुकमा बिना परीक्षण खाद्य वस्तु भित्रिरहेको बेला सरकारले विभिन्न१२ सिमा नाकामा आधुनिक प्रयोगशाला स्थापना गर्ने तयारी गरेको छ। खाद्य प्रविधितथा गुण नियन्त्रण विभागले भारततर्फका नौ र चीनतर्फका दुई नाकामा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोगशाला स्थापना गर्न लागेकोे हो।

मुख्य बजारमै बिकेन तयारी चिया

यो वर्ष पूर्वी नेपालका चिया प्रशोधन उद्योगमा भारतीय व्यापारी चिया खरिदका लागि आएनन्। उनीहरू चिया किन्न नआएकामात्र होइन, कोही भारतीय व्यापारीले नेपाली चिया खरिदका लागि सम्पर्कसमेत नगरेको उद्योगीले जनाएका छन्।

अधिकांश मिठाइ गुणस्तरहीन

शनिबार बिहान चावहिलमा रहेको गुप्ता स्विट्स एन्ड चाट हाउसमा अनुगमन टोली पुग्दा पसलको भुँइतलाको कारखानामा कामदार मिठाइका परिकार बनाउन व्यस्त थिए। अँध्यारो कोठा, पानी र हिलोले डुवानमा परेको कारखानामा सामान्य सरसफाइको मापदण्ड समेत पूरा गरिएको थिएन।

नगरपालिका र ५६ विद्यालयका प्रअबीच कार्यसम्पादन सम्झौता

विद्यालयको शैक्षिक क्रियाकलापलाई समयवद्ध, परिणाममुखी, मितव्यायी, पारदर्शी बनाउन नतिजामुखी कार्यसम्पादनमा आधारित करार सम्झौता गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए।

गुणस्तर चिन्ह लिने उत्पादनको संख्या बढ्याे

नेपाल गुणस्तर चिन्ह लिने उद्योग तथा उत्पादन बढेका छन्। गत आर्थिक वर्षमा मात्र गुणस्तर तथा नापतौल विभागले ८३ उत्पादनलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ।

गुणस्तर मापदण्ड पूरा नगर्ने ६२ उद्योग कारवाहीमा

नेपाल गुणस्तर तथा नापतौल विभागले गत आर्थिक वर्ष २०७५/०७६ मा ६२ उद्योगलाई कारवाही गरेको छ। विभागले अनुगमन र निरीक्षण गरेका एक सय ८० उद्योगमध्ये त्यतिलाई कारवाही गरिएको महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए। विभागले गुणस्तर प्रमाण चिह्न प्राप्त उद्योगको मात्र अनुगमन, निरीक्षण गर्छ।

मलेसियाबाट नेपाललाई पाठ

दक्षिण पूर्वी एसियाली देश मलेसिया विकसित होइन विकासशील मुलुक हो। विकासका सिद्धान्तहरूको कसीमा राखेर हेर्दा भर्खर यसले उडान सुरु गरे पनि परिपक्वता प्राप्त गर्न बाँकीछ। त्यसैले युरोप र अमेरिका जस्ता विकसित मुलुकको पङ्तिमा उभिन यसले हजारौँ माइल यात्रा गर्नुपर्ने देखिन्छ। तथापि सन् १९७० सम्म आन्तरिक द्वन्द्वमा रहेको कृषिप्रधान देश मलेसियाले आज विकास र आधुनिकीकरणमा लोभलाग्दो छलाङ मारेको छ। बहुराष्ट्रिय कम्पनीहरूको विशाल उपस्थिति, सडक, रेल र हवाई यातायातमा भएको गुणस्तरीय विकास र विस्तार, निर्यातमुखी अर्थतन्त्र तथा देशभरि ठडिएका गगनचुम्बी भवनहरूले देश विकासको उदाहरण पेश गरेका छन्।

८५ प्रतिशत माध्यमिक विद्यालय अयोग्य

मुलुकमा सञ्चालित अधिकांश सामुदायिक विद्यालय विद्यार्थीको पठनपाठनका लागि अयोग्य रहेको एक सरकारी अध्ययनले ठहर गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर केन्द्रद्वारा सार्वजनिक अध्ययन प्रतिवेदनले ८४.४४ प्रतिशत (करिब ८५ प्रतिशत) सामुदायिक विद्यालय विद्यार्थीका लागि अयोग्य रहेको देखाएको हो।

झरीमा कालोपत्रे

ढुंगेश्वर गाउँपालिका–२ को स्याउले बजार नजिकै सडक छेउमा रम्भादेवी सुनारको घर छ। सुर्खेत–दैलेख खण्डको स्याउले बजार क्षेत्रमा बुधबार दिनभर पटके मर्मत (कालोपत्रे)को काम भयो। वर्षातका कारण सडकमै पानीको भेल बगिरहेको छ। त्यसैमाथि भइरहेको पटके मर्मतबाट रम्भादेवी विल्कुलै सन्तुष्ट छैनन्। ‘पानीमा सडक कालोपत्रे नगर्नुपर्ने हो’ उनले भनिन्, ‘अघिअघि कालोपत्रे भइरहेको छ, पछिपछि पानीले त्यसलाई बगाएर लगिराखेको छ।’

बजार अनुगमनमा १० प्रतिशत कारबाही

वर्षैभरि बजारमा गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी छ। उपभोक्ता प्रत्येक वस्तु खरिद र उपभोग गर्दा अन्योलमा हुन्छन्। तर, सरकारी निकाय भने बजारमा अनुगमन गरे पनि गुणस्तरहीन खाद्यवस्तु देख्दैन। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत वर्ष गरेको कामबाट यस्तै नतिजा देखिएको छ।

नेपाल–भारत सम्झौताले पूर्वका व्यवसायी–किसान खुसी

नेपाल र भारतबीच एक–अर्काको खाद्य गुणस्तर प्रयोगशाला परीक्षण रिपोर्टलाई मान्यता दिने सहमति भएपछि पूर्वका कृषि उत्पादक–व्यवसायी हर्षित भएका छन्। वर्षाैंदेखिको माग पूरा भएको भन्दै उनीहरूले सहमति शीघ्र कार्यान्वयन गर्न पनि माग गरेका छन्।

गुणस्तरहिन काम गर्नेलाई कारवाही गर्छुः मन्त्री राई

सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले सघन सहरी विकास कार्यक्रममा अनियमितता गर्ने र गुणस्तरहिन काम गर्नेलाई कारवाही गर्ने बताएका छन्।

नेपाल र भारतबीच सम्झौतामा हस्ताक्षर

नेपाल–भारत संयुक्त आयोगको बैठकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मनिता जोशी वैद्य र भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणका कार्यकारी निर्देशक राजिवकुमार जैनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सोना शक्ति चामल अखाद्य नभएको पुष्टि

अखाद्य वस्तु मिसिएकोे आशङ्कामा गोरखामा बिक्रीका लागि रोक लगाइएको सोना शक्ति चामल गुणस्तरयुक्त भएको पाइएको छ।

प्रभावकारी भएन शिक्षक तालिम

सरकारले विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षकलाई दिँदै आएको तालिमले विद्यार्थीको सिकाइ उपलब्धिमा उल्लेख्य सुधार गर्न नसकेको सरकारी अध्ययनले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्