५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नगरपालिका र ५६ विद्यालयका प्रअबीच कार्यसम्पादन सम्झौता

शैक्षिक कार्य सम्पादन करार सम्झौतामा हस्ताक्षर गर्दै प्राविका एक प्रअ। तस्बिर: दमन राई/नागरिक

खोटाङ – शैक्षिक गुणस्तर वृृद्धिका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्राथमिक विद्यालयका प्रधानाअध्यापकसँग शैक्षिक कार्यसम्पादन करार सम्झौता गरेको छ। सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तर सुधार गर्ने हेतुले नगरपालिकाको शिक्षा शाखाले नगरपालिकाभित्रका ५६ प्राविका प्रअसँग २५ बुँदे शैक्षिक कार्यसम्पादन करार सम्झौता गरेको हो।

२०७५ साल कात्तिक १८ गते नगरभित्रका १७ मावि र गत भदौ १० गते १६ आधारभुत विद्यालयका प्रअसँग कार्य सम्पादन करार सम्झौता गरेको नगरपालिकाले सोमबार प्रावि तहको प्रअसँग कार्यसम्पादन कार्य सम्झौता गरेको हो। यससँगै नगरपालिकाभित्रका मावि, आधारभुत र प्रावि तहका सबै विद्यालयसँगको कार्यसम्पादन करार सम्झौताको काम सकिएको नगरपालिकाले जनाएको छ।

शैक्षिक गुणस्तर वृृद्धिका लागि प्राविका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको एक दिने अन्तरक्रियात्मक छलफल तथा प्रतिवद्धता कार्यक्रमको नगर शिक्षा शाखाकी प्रमुख पुष्पा राई र आधारभुत विद्यालयका प्रअबीचमा अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गर्नेदेखि वार्षिक ५ प्रतिशतका दरले सिकाई उपलव्धी वृृद्धि गर्ने योजनासहितको कार्यसम्पादन कार्य सम्झौता गरिएको हो।

विद्यालयको शैक्षिक क्रियाकलापलाई समयवद्ध, परिणाममुखी, मितव्यायी, पारदर्शी बनाउन नतिजामुखी कार्यसम्पादनमा आधारित करार सम्झौता गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए।

नगरपालिका र प्राविका प्रअबीचमा विद्यालय विकास प्रस्ताव तयार गरी सोही अनुशार कार्यक्रम कार्यान्वयन गर्ने, वार्षिक शैक्षणिक योजना बनाउने र कार्यान्वयन गर्ने, चालु शैक्षिकसत्रदेखि कक्षा १ देखि कक्षा ५ सम्म क्रमशः अंग्रेजी माध्यमबाट पठन–पाठन गराउने, हरेक शैक्षिकसत्रको बैसाख १५ गतेभित्र विद्यार्थी भर्ना अभियान सञ्चालन गरी विद्यालय उमेर समूहका सम्पूर्ण विद्यार्थीलाई भर्ना गराउने, प्रत्येक शैक्षिकसत्रको बैसाख १६ गतेदेखि अनिवार्य पठनपाठन सुरु गर्ने कार्य सम्पादन करार सम्झौता गरिएको छ।

प्रकाशित: ६ आश्विन २०७६ १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App