२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने

‘निर्यात गर्ने नेपाली वस्तुको परीक्षण गर्न कलकत्ता पुग्नुपथ्र्यो। अब नेपालमै गरिएको परीक्षणलाई भारतले मान्यता दिने भएपछि खर्च जोगिन्छ, निर्यात पनि वृद्धि हुन्छ।’

मिलेमतोमा गुणस्तरहीन काम भएको पुष्टि

सघन सहरी विकास कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिकामा चक्रपथ निर्माण भइरहेको छ। जसअन्तर्गत धनगढी उपमहानगरपालिका–३ मा निर्माण गरिएको ८ दशमलब ९ किलोमिटर बाह्य चक्रपथ एक महिना नपुग्दै भत्किन थालेको छ।

एक सय ८१ खाद्य वस्तुको नमूना परीक्षण

खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले ६ महिनामा एक सय ८१ वटा खाद्य वस्तुको नमूना परीक्षण गरेको छ।

सामुदायिक क्याम्पसका समस्या

सामुदायिक क्याम्पसले सुविधासम्पन्न ठूलो लगानीमा खुलेका निजी क्षेत्रका क्याम्पसहरूसँग प्रतिस्पर्धा गर्नुपरेको छ। खस्किँदो गुणस्तर उकास्न र तल्लोस्तरको राजनीतिबाट मुक्त बनाउन एवं परीक्षामा राम्रो नतिजा ल्याउनु सामुदायिक क्याम्पसका मुख्य चुनौती हुन्।

चीनमा लाेकप्रियता कमाउँदै कारागारका मुडा

आकर्षक र गुणस्तरीय सामान बनाउन सके विश्व बजारलाई कब्जा गरेको उत्तरी छिमेकी चीनमा सामान निर्यात गर्न सकिन्छ भन्ने उदाहरण सुनसरीको झुम्का काराकारका कैदीबन्दी बनेका छन्।

उमेरमा पाको, सेवामा काँचो

एक सय ३० वर्ष पुगेको मुलुककै पहिलो एलोपेथिक चिकित्सालय वीर अस्पतालको सेवा र गुणस्तर भने समयअनुसार पाको हुन सकेको छैन। १९४७ साउन १२ गते १५ शड्ढयाबाट सुरु भएको वीर अस्पताल हाल तीन सय ८० शड्ढया क्षमता भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का रूपमा सञ्चालित छ। २०७२ सालको भूकम्पअघि यसको क्षमता चार सय ६० शड्ढयासम्म पुगेको थियो।

फाइल नबुझाउँदा नमुना विद्यालय छनोट भएन

विद्यालयको गुणस्तर सुधार गरी शिक्षामा रूपान्तरणको गतिलाई तीव्रता दिने उद्देश्यले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत असार २९ गते नमुना विद्यालय छनोट गरेर सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएको तथ्यांकअनुसार ६९ जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयमध्ये ८४ वटा विद्यालय नमुना विद्यालयको रूपमा छनोटमा परेका छन्। तर नुवाकोटका एउटा पनि विद्यालय छनोटमा परेनन्, कारण विद्यालयले दिएको आवेदन शिक्षा विकास तथा समन्वय एकाइको कार्यालय विदुरमै थन्किनु।

बस नचढी विद्यालय

सहरका कुना काप्चादेखि मूल सडकसम्मका चोकचोकमा यसो फन्का मारौँ त। बिहानै विद्यालय पोशाकमा सजिएर ससाना बाबुनानीहरू विद्यालयको बस कुरिरहेका भेटिन्छन्।

असारे बाढीसँगै बग्दै प्रदेश २ सरकारको बजेट

बिहीबार धनुषामा दिनभर वर्षा भइरहेको छ। किसानलाई रोपाइँ गर्न भ्याइनभ्याइ छ। लक्ष्मिनियाँ गाउँपालिकास्थित अगिलेसवा टोलमा भने अविरल वर्षाको पर्बाहै नगरी धमाधम बाटो ढलान गरिँदैछ।

सुध्रिएन शिक्षा

शैक्षिक गुणस्तरका दृष्टिले फेरि एकपटक मुलुकले लज्जित हुनुपरेको छ । शैक्षिक नीति–निर्माण र वैदेशिक सहयोग शिक्षा क्षेत्र सुधारका लागि प्रयोग हुँदै आए पनि गुणस्तर बढेको देखिएन । विगतमा ‘फलामे ढोका’का रूपमा रहेको एसएलसीलाई विद्यार्थी अनुत्तीर्ण नभनिने अक्षरांकन प्रणालीमा परिवर्तन गरेपछिको परिणामले आशाको सन्देश दिनुपर्ने हो तर स्थिति त्यस्तो देखिएन ।

एसईईः खस्कियो सरकारी विद्यालयकोे गुणस्तर

माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई)को पछिल्लो नतिजामा पनि निजी लगानीका विद्यालयको तुलनामा सरकारी विद्यालयको स्तर खस्केको छ।

व्यापारी कारवाहीमा

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले दुई हजार ४४९ व्यापारीलाई कारवाही गरेको छ। कार्यालयले चालू आर्थिक वर्षको हालसम्म नाप्ने तथा तौलने यन्त्र जाँच तथा नवीकरण नगराएको भन्दै ती व्यापारीलाई कारवाही गरेको हो।

पाँच पेट्रोल पम्प तथा उद्योगलाई मुद्दा दायर

नेपाल गुणस्तर तथा नापतौल कार्यालयले पाँच पेट्रोल पम्प तथा उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ। कार्यालयले चालू आर्थिक वर्षमा नेपाल गुणस्तर तथा नापतौलको मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्प तथा उद्योगलाई मुद्दा दर्ता गरेको हो।

बूढानीलकण्ठ स्कूलको जग्गा अब के हुन्छ?

अघिल्लोपटक सरकारमा जादा प्रधानमन्त्री केपी शर्मा ओलीले बूढानिलकण्ठ जस्तै देशभर २४० वटा गुणस्तरीय बिद्यालय बनाउने हुइया लगाए। तर दोश्रोपटक चुनाव जितेर दोश्रो नीति तथा कार्यक्रम आउदै गर्दा उनै प्रधानमन्त्रिले विद्यालयको नाम नतोकी ७५० रोपनी जग्गा भएको भन्दै सो जग्गा सरकारले उपयोग गर्ने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले गत बैशाख २४ गते नीति तथा कार्यक्रमको सवाल जवाफ गर्ने क्रममा नाम नतोकी यस विद्यालयबारे बोलेका थिए। प्रधानमन्त्रीको बोली पछि विद्यालयको जग्गामा आँखा लगाउने पनि बढेका छन्।

६ हजार ट्याक्सीको मिटर भाडा समायोजन

विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ। पहिला ट्याक्सी चलाउन थालेपछि शुरुमा १४ र एक किलोमिटर गुडिसकेपछि रु ५० उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि शुरुमा रु १५ र एक किलोमिटर गुडेपछि रु ५३ उठ्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्