२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गुणस्तरहीन औषधि बेच्ने पसललाई कडा कारबाही गछौंः स्वास्थ्य मन्त्री यादव

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि विक्री वितरण गर्ने औषधि पसलहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका हुन्।

चीनबाट किबीको बिरुवा आयात

सोलुखुम्बुका किबी कृषकले चीनबाट उच्च गुणस्तरका किबीको बिरुवा आयात गरेका छन्। व्यावसायिक किबी खेतीका लागि जिल्लाका चार फार्मका कृषकले पाँच हजार पाँच सय हेवाड जातका गुणस्तरीय बिरुवा आयात गरेका हुन्। आयातित बिरुवालाई माउ बिउको रुपमा विकास गर्ने तयारी गरिएको छ।

विद्युतीय सामग्रीको गुणस्तर निर्धारण

कमसल विद्युतीय सामग्री प्रयोगले मानवीय क्षति र अनावश्यक विद्युत् खतप बढेको भन्दै सरकारले यसको गुणस्तर निर्धारण गरेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले अन्तर्राष्ट्रिय मापदण्डका आधारमा विभिन्न विद्युतीय सामग्रीको गुणस्तर निर्धारण गरेको हो।

निजी छाडेर सरकारी विद्यालयमा आउँछन् विद्यार्थी

स्थानीय तहहरूले सामुदायिक विद्यालयमा विद्यार्थी नभएर धमाधम ‘मर्ज’ गरिरहेका बेला गोरखा नगरपालिका ८ आहालेको सरस्वती माध्यामिक विद्यालयलाई भने विद्यार्थी थेग्न मुस्किल छ।

सातामै उप्किने कालोपत्रे

सकेसम्म काम नहुने, भइहाले गुणस्तरीय नहुने अवस्थाबाट मुलुक गुज्रिरहेको छ । वास्तवमा हाम्रो विकास निर्माणको समग्र तस्बिर पनि यही हो । ठेकेदार, कर्मचारी र सत्तारुढ दलका नेता तथा कार्यकर्ताबीचको अपवित्र गठबन्धनका कारण हाम्रो विकास निर्माणको यो दुर्गति भएको हो । ठेककापट्टाकै बेलादेखि चलखेल सुरु हुन्छ ।

अदुवाको बीउ गुणस्तरहीन भएको भन्दै फर्काइदिए किसानले

अदुवाको बीउ गुणस्तरहीन भएको भन्दै धरान उपमहानगर २० का विष्णुपादुका (कोकाहा)का किसानहरुले फिर्ता पठाइदिएका छन्।

खानेपानी विभाग भन्छ- 'हावाहुरी प्रभावित क्षेत्रमा खानेपानीमा समस्या छैन'

खानेपानी विभागको प्राविधिक टोलीले बारा र पर्सामा आएको हावाहुरीबाट पीडित समुदायका लागि वितरण गर्न खानेपानी डिभिजन कार्यालय बारालाई एक हजार वटा पियुष र १५ हजार जति अक्वा ट्याब दिएको छ।

‘क्युएएले शैक्षिक संस्थाको गुणस्तर मापन गर्न सक्दैन’

विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयहरूका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूलाई प्रदान गर्दै आएको क्वालिटी एसुरेन्स एक्रिडेसन (क्युएए) ले उच्च शैक्षिक संस्थाको गुणस्तर मापन गर्न नसक्ने आयोगले नै गठन गरेको एक समितिको अध्ययनले प्रस्ट पारेको छ।

निर्यात हुने सामग्रीको नमूना परीक्षण शून्य

रसुवागढी नाकाबाट खाद्य सामग्रीको आयात तथा निर्यात हुने क्रम बढ्दै गएको छ। खाद्य सामग्रीको आयात तथा निर्यात बढेसँगै गत माघ १३ गतेदेखि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय सञ्चालनमा आएको छ।

निर्माण सामग्री जाँच गर्न प्रयोगशाला स्थापना

उक्त ल्याबको सोमबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। पूर्वाधार निर्माणका कामलाई प्रभावकारी, गुणस्तरीय बनाउन निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्न आफ्नै प्रयोगशाला निर्माण गरिएको मेयर दाहालले बताइन्।

महाकाली नदीको पानी सिधै पिउन अयोग्य

शुद्धीकरण मापन गर्दा महाकाली नदीको पानी दूषित रहेको पाइएको छ। महाकाली नदीमा मिसिने नेपाल भारत दुवैतर्फका खोलाको पानीको शुद्धता र गुणस्तर मापन गर्दा सिधै पिउनयोग्य नरहेको पाइएको हो।

‘सडक र पुलको काम ढिला र गुणस्तरहीन’

मध्यपहाडी लोकमार्गलगायत राष्ट्रिय महत्त्वका सडक तथा पुल निर्माणको काममा चरम ढिलासुस्ती र गुणस्तरहीन भएको भन्दै युवा संघ र योङ कम्युनिस्ट लिग खोटाङले विरोध जनाएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयराम–दिक्तेल र दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको कालोपत्रेको काम, दिक्तेल–गाईघाट सडक कालोपत्रेको काम, दिक्तेल–गाईघाट सडक–खण्डमा पर्ने सुनकोसी फोक्सिङटार पुल, मनमाया राई खानीडाँडा विमानस्थल मर्मतलगायत काममा चरम ढिलासुस्ती र गुणस्तरहिन काम भएको तिनीहरू आरोप छ।

'उपभोक्ताकाे हित रक्षा नगरी अर्थतन्त्र बलियो हुँदैन'

जतिसुकै राम्रो उपभोक्तामैत्री कानुन भए पनि कानुन आफै बोल्दो रहेनछ, सम्बन्धित सरोकारवालाले यसलाई कार्यान्वयनमा नल्याए सम्म कानुनको कालो अक्षर भैंसी बरोबर हुँदोरहेछ।

उपभोक्ता अधिकार, मौसमी व्यापार

काठमाडौं घट्टेकुलोकी सपना रेग्मीले प्रतिष्ठित व्यापारिक कम्प्लेक्समा कपडा किन्दा आफू ठगिएको पछिमात्रै थाहा पाइन्। बजारमा प्रतिस्पर्धा भए पनि एक हजार दुई सय रुपैयाँ पर्ने टप्सलाई उनले एक हजार आठ सय रुपैयाँ तिरेर किनिन्। ‘हेर्दा कपडा राम्रो लाग्यो र किनें, पछि कपडा खुइलियो,’ उनले गुनासो गरिन्, ‘यहाँ नुनदेखि सुनसम्म सबै सामानमा किन्दा ठगिनुपर्छ, गुणस्तरको पाटो त अझै फितलो छ, खोइ सरकार कहाँ छ?’ उपभोक्ता हरेक ठाउँमा दिनदहाडै ठगिएका छन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्