८ वैशाख २०८१ शनिबार
शिक्षा

बूढानीलकण्ठ स्कूलको जग्गा अब के हुन्छ?

अघिल्लोपटक सरकारमा जादा प्रधानमन्त्री केपी शर्मा ओलीले बूढानिलकण्ठ जस्तै देशभर २४० वटा गुणस्तरीय बिद्यालय बनाउने हुइया लगाए। तर दोश्रोपटक चुनाव जितेर दोश्रो नीति तथा कार्यक्रम आउदै गर्दा उनै प्रधानमन्त्रिले विद्यालयको नाम नतोकी ७५० रोपनी जग्गा भएको भन्दै सो जग्गा सरकारले उपयोग गर्ने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले गत बैशाख २४ गते नीति तथा कार्यक्रमको सवाल जवाफ गर्ने क्रममा नाम नतोकी यस विद्यालयबारे बोलेका थिए। प्रधानमन्त्रीको बोली पछि विद्यालयको जग्गामा आँखा लगाउने पनि बढेका छन्।

तत्कालिन सरकारले २०२१ मा गुणस्तरीय विद्यालयको योजना अन्तर्गत बूढानिलकण्ठ क्षेत्रको जग्गामा मुअब्जा दिएर विद्यालयको लागि जग्गा अधिग्रहण गरेको थियो भने २०२९ बाट विद्यालयमा पढाई शुरु भएको थियो।

संसदमा प्रधानमन्त्रीले बार्षिक करोडौ रकम सहयोग पनि दिइएको सँगै जग्गा उपयोग गर्ने बताए लगतै बूढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्वव प्रसाद पोख्रेलले विद्यालयको करिव १५ रोपनी जग्गामा बसपार्क बनाउने बताए। यस संगै विद्यालयको जग्गा अब के हुने भन्ने अन्योलता बढेको छ।

विद्यालयका प्रधानाध्यापक होमनाथ आर्चाय भने विद्यालयमा प्रयोग बिहिन अवस्थामा कुनै जग्गा नरहेको बताए। उनले विद्यालय हातामा रहेको जग्गामा व्यवस्थापन समितिको गुरु योजना अनतर्गत काम भइरहेको बताए।

प्रकाशित: १२ जेष्ठ २०७६ ०३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App