खुलामञ्च सटरपीडित भन्छन्– डुबेको पैसा फिर्ता गरियोस्
खुलामञ्चमा सटर खरिद गरेका साना व्यवसायीले ठेकेदार कम्पनीलाई बुझाएको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन्। जलेश्वर–स्वच्छन्द–बिकोइ बिल्डर्स प्रालिले आफूहरूलाई ठगेको व्यावसायीले बताएका छन्।
खुलामञ्चमा सटर खरिद गरेका साना व्यवसायीले ठेकेदार कम्पनीलाई बुझाएको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन्। जलेश्वर–स्वच्छन्द–बिकोइ बिल्डर्स प्रालिले आफूहरूलाई ठगेको व्यावसायीले बताएका छन्।
मुस्लिम आयोगले पदाधिकारी मनोनयन नगरी पदाधिकारीका लागि भन्दै ६ वटा नयाँ गाडी खरिद गर्ने प्रक्रिया सुरु गरेको छ। नयाँ गाडी खरिदका लागि २/३ दिनभित्रै टेन्डर प्रक्रिया सुरु गर्ने र तीमध्ये एउटा गाडीचाहिँ फास्ट ट्र्याकबाट तत्काल खरिद गर्ने गरी आयोगले तयारी सुरु गरेको हो।
विमान खरिद अनियमितता भएका अहिलेसम्मका पक्रिया प्रतिवेदनमा उल्लेख हुने जनाइएको छ। सुरुवाती चरणदेखि नै समस्या रहेको विमान खरिद पक्रिया जहिल्यै विवादित बन्दै जान थालेपछि समितिले नीतिगत अध्ययन नै थालेको हो। यही वैशाख १९ गते उक्त समितिले यससम्बन्धी प्रतिवेदन सरकारलाई बुझाउने छ।
सरकारी अस्पतालले खरिद गरेका मँहगा उपकरणको बिल भर्पाइसहितको आर्थिक विवरणको कागजात नै गायब बनाएको पाइएको छ। अस्पतालले खरिद गरेका उपकरणको मूल्य खुल्ने कुनै पनि कागजात सुरक्षित नराखी भूक्तनी गरिएको रकमको विवरण नै गायब बनाएको पाइएको हो। स्वास्थ्य संस्थाहरुले करोडौं मूल्यमा खरिद गरेका उपकरणहरुको आर्थिक कारोबार गरेको कागजात नै सुरक्षित नराख्नुले आर्थिक अनियमितता भएको हुन् सक्ने विज्ञहरुको भनाइ छ।
नेपाल वायुसेवा निगमले दुई वटा ठूला जहाज खरिदमा अनियमितता भएको उजुरी अख्तियारमा परेको थियोे। सोही छानबिनका क्रममा बिक्रेता कम्पनीलाई सो अवधि दिएर बोलाएको हो।
तेस्रो चौमासमा एक सय ९३ वटा ठेक्का लागेका छन्। आर्थिक कार्यविधि नियमावली, २०६४ को व्यवस्थाअनुसार ठेक्कापट्टा स्वीकृत गर्ने काम पहिलो चौमास अर्थात् कात्तिकसम्म सम्पन्न गरिसक्नुपर्छ।
पत्रकार सम्मेलनमा पनि उनको नामलाई जोडेर विशेष चासो राखिएको थियो। यो चासोमा सञ्चारमन्त्रीको भनाई जग्गा खरिद गर्दा विष्णु पौडेल ठगिएको भन्ने आयो। ‘नेकपाका महासचिव जग्गा खरिदमा ठगिनु भएको छ। उहाँ अपराधी हैन। जग्गा नै नक्कली परेछ त के गर्ने?,’ उनले भने, ‘उहाँलाई झुक्याइएछ। त्यस्ता झुक्किने मान्छे अरु पनि होलान्।’
जहाज किन्दा भएका कमिकमजोरी छानविन गर्न गठीत संसदीय समितिले आगामी हप्ता सरकारलाई प्रतिवेदन दिँदै छ। जहाज खरिदको विषयमा अध्ययन गरेर समितिले प्रतिवेदन दिन थालेको हो।
मुलुकमा लगानीको वातावरण बन्न नसकेको भनेर आलोचना भइरहेका बेला सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन सफलतासाथ सम्पन्न गरेको छ। यो तीन वर्षबीचमा भएको दोस्रो लगानी सम्मेलन हो। दुई दिन चलेको सम्मेलनमा ४० देशबाट तीन सयभन्दा बढी कम्पनीका करिब साढे सात सय प्रतिनिधि सहभागी भएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धन आयोगले वाइड बडी खरिद प्रकरणमा जोडिएका नेपाल वायुसेवा निगमका कर्मचारीहरुको बयान लिएर भ्याएको छ।
सार्वजनिक खरिद प्रक्रियालाई बढी प्रतिस्पर्धी एवं पारदर्शी तुल्याइ सरकारी स्रोत साधनको मितव्ययी ढंगबाट निर्माण कार्य सम्पादन गर्न भनी विगतमा कानुनहरू लागु गरिएकै हुन्। अझ भन्नुपर्दा पछिल्ला दिनका खरिद कानुन निर्माण व्यवसायी र सम्बद्ध क्षेत्रका विज्ञहरूको समेत संलग्नतामा तयार गरिएका हुन्।
सरकारले नयाँ वर्षदेखि सेयर खरिदमा अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लगाउने तयारी गरिरहेका बेला लगानीकर्ता त्यसको विरोधमा उत्रिएका छन्। सरकारले वैशाखदेखि सेयर खरिद गर्दा अनिवार्य रुपमा प्यान लगाउने तयारी गरेको छ। तर, लगानीकर्ता भने अनिवार्य होइन् ऐच्छिक बनाउनु पर्ने भन्दै विरोधमा उत्रिएका छन्।
सोमबार नेप्से परिसूचक ११०९ अंकमा पुगेको छ। आइतबार यस्तो परिसूचक १०२.३२ अंक रहेको थियो।
राष्ट्रपतिलाई कारगेड गाडि किन्ने विषयको विवाद सेलाउन नपाउँदै सरकारले नेपाल प्रहरीलाई कारकेड मोटरसाइकल किन्न बजेट दिएको छ। नेपाल प्रहरीलाई ३० थान कार्गेट मोटरसाइकल किन्न अर्थ मन्त्रालयले भैपरी शिर्षकमा बजेट दिएको हो।
नेपाल वायुसेवा निगमलाई बोइङ विमान बेच्ने निर्णय आफैं गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अह्राएको छ। बोइङ बेच्ने स्वीकृति माग गर्दै निगमले पठाएको पत्रको जवाफमा मन्त्रालयले आफैं निर्णय गर्न भनेको हो।