३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बढ्दै नेप्से परिसूचक, सोमबार ११०९ अंक पुग्यो

काठमाडौं – सोमबार नेप्से परिसूचक ११०९ अंकमा पुगेको छ। आइतबार यस्तो परिसूचक १०२.३२ अंक रहेको थियो।

आइतबारको तुलनामा सोमबार ७.४१ अंकले बढेर ०.६७ प्रतिशतले सुधार भएको छ। उक्त दिन एक सय ६६ कम्पनीको २० करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

सोमबार सात लाख २० हजार आठ सय ४५ कित्ता सेयर किनबेच भएको हो। १० वटा समूहको सेयर खरिदबिक्री भएकोमा फाइनान्सबाहेक सबै समूहका सूचकमा सुधार देखिएको छ।

सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ७२.१७ अंकले बढेको छ। वाणिज्य बैंक समूहमा पनि ४.०७ अंकको तेजी आएको छ।  सोमबार ‘ग’ वर्गका फाइनान्स कम्पनीबाहेक अन्य सबै समूहको नेप्से परिसूचकमा उकालो लागेको छ। 

सोमबार कारोबार रकममा अग्रता लिएको छ। उक्त दिन नबिल बैंकको साढे दुई करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ। कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल संस्थापक र अपर तामाकोसी हाइड्रोपावर परेका छन्। नबिल संस्थापकको एक करोड ४० लाख रुपैयाँको कारोबार भएको छ भने तामाकोसीको सात लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

 

प्रकाशित: १३ फाल्गुन २०७५ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App