इन्धन खरिद अनलाइनबाट
म्यानुअल सिस्टममा काम गर्दै आएको निगमले पूर्ण डिजिटलाइजेसमा जान इआरपी जडान गरेपछि व्यवसायीले विद्युतीय माध्यमबाट इन्धन खरिद गर्न सुरु गरेका छन्।
म्यानुअल सिस्टममा काम गर्दै आएको निगमले पूर्ण डिजिटलाइजेसमा जान इआरपी जडान गरेपछि व्यवसायीले विद्युतीय माध्यमबाट इन्धन खरिद गर्न सुरु गरेका छन्।
एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड रूपैयाँ ऋण प्रदान गर्ने भएको छ।
कर्णाली प्रदेशको सार्वजनिक लेखा समितिले कोभिड–१९ काे महामारी रोकथाम तथा नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य संस्थालाई अक्सिजन प्लान्ट तथा अक्सिजनसम्बन्धी अन्य सामाग्री खरिद गर्न विनियोजित बजेटबाट स्वास्थ्य संस्थाहरूले गरेका सामाग्री खरिदसम्बन्धी विवरण माग गरेको छ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई कोरोना खोप खरिदका लागि अनुमती दिन आग्रह गरे।
सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद सम्झौता अनुसार काम नगर्ने ११ वटा कम्पनी तथा आपूर्तिकर्तालाई एकै दिन कालोसूचीमा राखेर कारवाही गरेको छ। कार्यालयको सोमबार बसेको बैठकले ती कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गर्ने निर्णय गरेको हो।
७० प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले आठ अर्ब ६२ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पद सम्हालेको साढे २ महिना भएको छ। यसअघि विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका त्रिपाठी गत पुस १० गतेदेखि कोरोना महामारीसँग जुध्ने नेपालको प्रयासलाई नेतृत्व गरिरहेका छन्। पछिल्ला दिनमा मन्त्रालयले गरेका गतिविधि, कोरोना नियन्त्रण प्रयास, खोप अभियानका चुनौतीलगायत विषयमा नागरिककर्मी गुणराज लुइँटेल र श्रीराम सुवेदीले शुक्रबार गरेको कुराकानी।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप खरिदमा सरकारले कमिसन नदिने बताएका छन् । नेपालले कोरोनाविरुद्धको खोप अभियानलाई निरन्तरता दिन भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटसँग थप ५० लाख डोज खोप खरिद गर्न चाहँदा कमिसनको प्रयास भइरहेको सन्दर्भमा मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।
गृह मन्त्रालयले उत्तर–दक्षिण(मूलघाट–दोभान–ओलाङचुङगोला)सडक योजना तथा तमोर करिडोर निर्माणका क्रममा चट्टान फुटाइ ट्रयाक खोल्न विष्फोटक पदार्थको खरिद स्वीकृति प्रदान गरेको छ। ६ वटा सर्त उल्लेख गर्दै गृह मन्त्रालयको लागूऔषध नियन्त्रण शाखाले विष्फोटक पर्दाथ उपलब्ध गराउन तथा सोको सुरक्षा व्यवस्थाका लागि रक्षा मन्त्रालयलाई अनुरोध गरेको हो।
हरेक वस्तुको खरिद मूल्यमा राज्यले निश्चित प्रतिशत कर लिन्छ। त्यसमा व्यवस्थापन खर्च र केही प्रतिशत नाफा राखेर वस्तुको बिक्री गरिन्छ। तर यहाँ सुन्दा अचम्म लाग्न सक्छ। सरकारले पेट्रोलमा खरिद मूल्यभन्दा धेरै कर लिने गरेको छ। यसले गर्दा उपभोक्ता चर्को मूल्यमा इन्धन किन्न बाध्य छन्।
सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि कोरोना खोप कोषमा आर्थिक सहयोग गर्न दाताहरूलाई आह्वान गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले फागुनभित्रै कोभिड–१९ को खोप आउने संकेत गरेका छन्। सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँगको छलफलमा बोल्दै उनले त्यस्तो संकेत गरेका हुन्।
नेपाल प्रहरीको लत्ता कपडा खरिद स्वीकृत नमुनाभन्दा फरक गरिएको पुष्टि भएको छ। नेपाल प्रहरीलाई आवश्यक उलन पाइन्टको कपडा बीस हजार मीटर खरिद गर्दा स्वीकृत नमुनाभन्दा फरक गरिएको पुष्टि भएको हो।
सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन युरिया मल खरिद सम्झौता गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अग्रसरतामा मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच बिहीबार सम्झौता भएको हो।
कैलालीमा खरिद गरिएको धान राख्ने जुटको बोरा अभाव भएपछि धान खरिद रोकिएको छ। खाद्य व्यवस्था तथा कम्पनीले टीकापुरको खरिद केन्द्रबाट कात्तिक २८ गतेसम्म धान खरिद गरेको थियो।