४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

समयमै नियुक्ति नहुँदा कार्यक्रम प्रभावित

डेढ वर्षदेखि वन मन्त्रालय मातहतका राष्ट्रिय प्रकृति संरक्षण कोष तथा वन निगम र राष्ट्रिय ताल संरक्षण विकास समितिमा कार्यकारी पद खाली छ। यसैगरी राष्ट्रपति चुरे तराई मधेस संरक्षक विकास समितिमा पनि एक पद खाली छ।

सुदूरपश्चिममा पुसे पन्ध्रको अनौठो परम्परा

सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा मंगलबार पुसे पन्ध्र अर्थात उत्तराईन पर्व परम्परागत रुपमा धुमधामसँग मनाइँदै छ

मधेसमा शीतलहरले सकस बढ्दै

तराई/मधेसमा शीतलहरबाट खासगरी विपन्न समुदायका मानिस प्रताडित हुन्छन्। यस वर्ष पनि शीतलहरबाट मुसहर, चमार, डोमलगायत विपन्न वर्ग बढी पिरोलिएको देखिन्छ। चिसो बढेपछि लहानलगायत तराई/मधेसका बजारमा चहलपहलमा कमी आएको छ। न्यानो कपडा बिक्रीबाहेक अन्य व्यापार–व्यवसायमा मन्दी आउन थालेको छ।

अयोध्यामा राम मन्दिरको पक्षमा फैसला आएपछि तराईमा खुसियाली, लड्डु बाँडियो

भारतको सर्वाेच्चले अयोध्यामा राम मन्दिर बनाउन बाटो खोलिदिएपछि नेपालको तराईमा खुसियाली छाएको छ। धनुषाको जनकपुर, पर्सा वीरगन्ज लगायतका क्षेत्रमा स्थानीयले भारतीय सर्वाेच्च अदालतको फैसलाको स्वागत गरेका छन्।

ओरियन्स कम्पनीको ठगी धन्दा, लाखौं नेपाली रुपैयाँ भारतीय बजारमा

पश्चिम तराईका अधिकतर ग्रामीण बस्ती र देशभरमै विभिन्न माध्यमबाट भारतीय कम्पनी ओरियन्स ग्लोबल मार्केटिङ प्राइभेट लिमिटेडले अवैध बाटो हुँदै नेपाली रुपैयाँ भारतीय बजारमा पु¥याइरहेको खुलासा भएको छ।

छठले हलेसी पनि भरिभराउ

तराईमा धुमधामकासाथ छठ मनाइरहँदा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा पनि दर्शनार्थीको भीडभाड बढेको छ। शनिबार स्वतः बिदा तथा आइतबार पनि छठको अवसरमा सार्वजनिक बिदा दिइएकाले हलेसीमा दर्शनार्थीको भीड बढेको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए।

फास्ट ट्र्याकमा काटिएका रुखको सट्टा नयाँ बिरुवा रोप्दै सेना

काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणका क्रममा काटिएको रुखहरुको सट्टा नेपाली सेनाले नयाँ बिरुवा रोप्न कार्य सुरु गरेको छ । सेनाले संविधान दिवसको अवसर पारेर नयाँ बिरुवा रोप्न थालेको हो । नेपाली सेना, कोल्हवी नगरपालिका, डिभिजन वन कार्यालयको संयुक्त सहभागितामा कोल्हवी नगरपालिकामा नयाँ बिरुवा रोप्न थालिएको हो ।

प्रहरीको पेस्तोल लुट्ने तराई मुक्ति मोर्चाका कार्यकर्ता पक्राउ

प्रहरीले विभिन्न अपराधी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। हातहतियार तथा खरखजाना मुदामा फरार अपराधीको सूचीमा लामो समयदेखि रहेका गरुडा नपा २ गेडहीगुठीका ४२ वर्षका राम एकबाल सहनीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको क्राइम इन्भेस्टिगेसन टिमले सोमबार अबेर साँझ झाँझपुलबाट पक्राउ गरेको हो।

ट्रम्पलाई सम्झिँदै गगनले भनेः भारतीय बाँधले तराई डुब्यो, योपटक हामीले हल खोज्नैपर्छ

नेपाली कांग्रेसका नेता गगन थापाले तराई डुबानको हल खोज्ने बेला आएको बताएका छन्। देशभर साउन भदौमा निम्तिने विपदको तालिका बदल्न यसपटक संकल्प गर्नैपर्ने र सरकारले पहलकदमी लिनुपर्ने उनको भनाई छ।

रोकिएन नदी उत्खनन

'राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम’ लागू भएको जिल्ला उदयपुरमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार र बिक्री वितरण गर्न रोक लगाए पनि उत्खनन र चोरी निकासी रोकिएको छैन।

लागत बढेपछि प्रधानमन्त्रीको चासो

काठमाडौं–तराई–मधेस दु्रतमार्गको लागत बढ्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्बद्ध मन्त्रीहरूले चासो राखेका छन्।

अवैध बालुवा निकाल्ने ट्याक्टर पक्राउ

‘राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम’ लागू भएको जिल्ला उदयपुरमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार र विक्री वितरण गर्न कानुनी रुपमा मनाही गरिए पनि लुकीचोरी उत्खनन र चोरी निकासी रोकिएको छैन। यसरी अवैध नदीजन्य पदार्थ उत्खनन गरेर विक्री वितरण गरेको अभियोगमा यहाँको प्रहरीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला समन्वय समितिको जिम्मा लगाएको छ।

तराईमा सुक्न थाले चापाकल

असारको चौथो सातामा समेत मनसुन सक्रिय नहुने र खडेरी लम्बिँदै जाने हो भने तराईमा खानेपानीको संकट बढ्नसक्ने देखिएको छ।

तराईका विषालु सर्प काठमाडौँ सर्दै !

उल्लिखित शीर्षक सम्भावित अवस्था अनुमान गरेर राखिएको हो। अहिले नै यस्तो अवस्था आइसकेको त छैन तर भविष्यमा यस्तो हँुदैन भन्न सकिएला र ! यो प्रश्न किन पनि सान्दर्भिक छ भने पहिले तराईमा मात्र हुने मलेरिया र कालाज्वरो अहिले क्रमशः पहाड र हिमाल चढ्दै छन्। यो पंक्तिकारले नेपालमै पहिलोपटक अनुसन्धान गर्दा कालाज्वरो पहाडतिर सर्दै गएको छ भनेर पत्ता लगाएको थियो जुन त्यसबेला अरूका लागि अपत्यारिलो विष्या थियो। तर अहिले यो रोग देखिने क्रम नियमितजस्तो भइसक्यो। त्यस्तै अवस्था मलेरियाको पनि छ। कुनै समय तराईमा मात्र देखिने कालाज्वरो, मलेरिया पहाड हुँदै हिमालतिर पुग्नाका कारण के हुनसक्छ ? सबैजसोको मत सायद जलवायु परिवर्तन भन्नेमा एक हुन सक्छ। त्यसो हो भने हाल तराईमा देखिने विषालु मानिने गोमन, करेतजस्ता सर्प काठमाडौँलगायत नेपालका विभिन्न पहाडी इलाकामा बसाइँ नसर्लान् त ?

राष्ट्रियता र तराईका जनता

तराई–मधेसविरोधी मानसिकता त्यागी राष्ट्र र राष्ट्रियता बलियो पार्न पनि नागरिकता समस्या चाँडै सम्बोधन गर्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्