९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

ओरियन्स कम्पनीको ठगी धन्दा, लाखौं नेपाली रुपैयाँ भारतीय बजारमा

बर्दिया – पश्चिम तराईका अधिकतर ग्रामीण बस्ती र देशभरमै विभिन्न माध्यमबाट भारतीय कम्पनी ओरियन्स ग्लोबल मार्केटिङ प्राइभेट लिमिटेडले अवैध बाटो हुँदै नेपाली रुपैयाँ भारतीय बजारमा पु¥याइरहेको खुलासा भएको छ।

लामो समयदेखि अनुसन्धान गरिरहेकोे प्रहरीले निकालेको निष्र्कषअनुसार लाखौं नेपाली रुपैयाँ अवैध बाटो हुदै भारतीय बजारमा पुगिरहेको देखिएको हो। सो भारतीय कम्पनीको मुख्य कार्यालय दक्षिण भारतको चेन्नईमा रहेकोे छ।

नेपालका विभिन्न ठूला सहरमा कार्यालय खोलेर ओरियन्सको सदस्य बनाएर नेपालीलाई ठगी गरेको समेत भेटिएको छ। ओरियन्सको ठगी धन्धाको अनुसन्धानका लागि प्रहरी निरीक्षक लक्ष्मण वली र प्रहरी सहायक निरीक्षक टंक ठकुल्लाले जिल्ला प्रहरी कार्यालयले खटाएको थियो। उक्त कम्पनीले काठमाडौंको जोरपाटीमा मुख्य कार्यालय सञ्चालन गरिरहेको अनुसन्धानको क्रममा खुलिसकेको छ। तर कहाँ र कसको घरमा छ भन्ने प्रहरीले खुलाएको छैन।

फराकिलो अनुसन्धानपछि प्रहरी लाखौं रूपैयाँ ठगी गरिरहेको भारतीय ओरियन्स कम्पनीको नाइके गिरोहको नजिक पुगेको छ।

भारतको लखिमपुरमा ‘नेचुरल वेल इन्टरप्राइजेज’ नाममा खोलेको भारतीय कम्पनीले विशेषगरी नेपालको पश्चिम तराईलाई लक्षित गरेकोे पाइन्छ भने नेपालका विभिन्न ठूला सहरमा गोप्य रूपमा कार्यालय खोली ठगी गर्नेे र ग्र्रामीण बस्तीमा समेत सञ्जाल विस्तार गरी ठगी गर्दै आएको पाइएको छ। पूर्वी सहरमा यस कम्पनीको सञ्जाल सक्रिय रहेको यसअघि नै खुलिसकेको छ।

नेट–वर्किङ लोभमा ग्रामीण भेगका बेरोजगार युवा फसेको प्रहरीको भनाइ छ। ओरियन्स कम्पनीको सदस्य बनेका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लाका करिब दुई सयजना पीडितले प्रहरीलाई दिएको बयानमा यस कम्पनीको सञ्जाल देशभरमै रहेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख राजेशनाथ बाँस्तोलाले शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी गरेको फराकिलो अनुसन्धानपछि भारतीय ओरियन्स कम्पनीको नाइके गिरोहको नजिक प्रहरी पुगेको जानकारी दिए। ओरियन्स कम्पनीलाई बहुर्राष्ट्र्यि बताउँदै नेटवर्किङ व्यवसायका नाममा ठगी गरेको आरोपमा ओरियन्सका चारजना सदस्य नाइकेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले गुलरिया नगरपालिका–४ का विवेक थारु, गुलरिया–५ का हिमाल भन्ने प्रजय चौधरी, बर्दिया नगरपालिका–७ का दीपक चौधरी र राजापुर नगरपालिका–३ का आशा थारुलाई पत्रकार सम्मेलनका क्रममा सार्वजनिक गरेको थियो।

गिरोहका मुख्य नाइके भारतमै बस्दै आएकाले प्रहरीले पक्राउ गर्न नसकेको जनाएको छ। तर भारतमा रहेका नाइके’हरूलाई भ्ँरत्इि समकक्षीसँग समन्वय गरेर पक्राउ गरिने एसपी बाँस्तोलाको दाबी छ। ‘प्रहरीसँग सबै सूचना छ,’ उनले भने, ‘ठगी गर्ने सबैलाई प्रहरीले पक्राउ गर्छ।’

८० किलोमिटर खुला सिमाना रहेको जिल्ला भएका कारण ओरियन्सका सदस्यले नेपाल–भारत आवागमनमा अवैध सिमा प्रयोग गरिरहेका समेत प्रहरीले बताएको छ। ‘खुला सिमानाको फाइदा उठाएर गिरोहका सदस्यले नेपालीलाई सहजै भारतसम्म पु¥याएर ठगी गर्दै आएको भेटिएको छ,’ बाँस्तोलाले भने, ‘प्रहरीले सीमाक्षेत्रमा निगरानी बढाएपछि यस्ता गितिविधि गर्ने गिरोह केही नियन्त्रित भएका छन्।’ शंकास्पद रूपमा सीमा क्षेत्रमा भेटिनेलाई सोधपुछका लागि नियन्त्रण लिएर अनुसन्धान सुरु गरेको प्रहरीलाई सो सञ्जाल भत्काउन सहयोग पुगिरहेको उनले जानकारी दिए।

नेटवर्किङ व्यापारबाट कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लाका दुई सयभन्दा बढीको सदस्यता लिन हिँडेका नेपालीलाई सीमाबाट नेपालतर्फ फर्काएको प्रहरीले जनाएको छ। पीडित व्यक्तिहरूबाट आरोपित पहिचान गरी पक्राउ परेका चारजनालाई बर्दिया प्रहरीले ठगी मुद्दा चलाई अनुसन्धान गरिरहेको एसपी बाँस्तोलाले जानकारी दिए। बर्दिया प्रहरीमा पाँचजना पीडितहरूको संयुक्त जाहेरीका आधारमा गिरोहलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। आरोप प्रमाणित भएमा सात वर्ष कैद र ७० हजार जरिवाना हुनेछ।

आठ देशमा सञ्जाल
बहुराष्ट्र्यि कम्पनी ओरियन्सको सिंगापुर, फिलिपिन्स, युएई, थाइल्यान्ड, मलेसिया, श्रीलंका, भुटान र नेपालमा औषधि बिक्रि गर्ने नेटवर्किङ धन्धा चलाएको भेटिएको छ।

अन्य देशमाा यसको वैधता भए पनि नेपालमा नेटवर्किङ अवैध भएको प्रहरीको भनाइ छ। क्रिस्टल केयर नामक संस्थाको भारतको चेन्नईमा प्रधान कार्यालय तथा दिल्लीमा शाखा कार्यालय स्थापना गरी नेपाल–भारत सीमानजिक लखिमपुरमा नेचुरल वेल इन्टरप्राइजेज नामक उपशाखा कार्यालय खोली नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेको छ।

लखिमपुरमा खोलिएको उक्त शाखाले पश्चिम तराईमा ओरियन्स सदस्य बनाएर नेपालीलाई ठगी गर्ने लक्ष्यले विभिन्न गतिविधि सञ्चालन गरिरहेको फेला परेको छ।

कसरी फैलियो सञ्जाल
नेपालको तर्फबाट जिल्ला कैलाली टीकापुर नगरपालिका–१ का साजन चौधरीको नेतृत्वमा पश्चिम तराईमा यो नेटवर्किङ फस्टाएको देखिन्छ। उनकै माध्यमबाट सोही नगरपालिका–५ बसन्ताका सन्तोष चौधरी र कैलारी–६ बैजपुर बस्ने मनोज चौधरीलाई आफ्नो हाँगाको रूपमा ल्याएपछि पश्चिम तराईका अधिकतर थारु समुदायले सदस्यता लिने सुरुवात भएको देखिन्छ। यसपछि ओरियन्सका सदस्य।ंख्या हजारौं बनाउन तीनजनाको प्रमुख भूमिका देखिएको छ।

कम्पनीको नाममा सात हजार भारतीय रुपैयाँ जम्मा गरेमा दुई हजार पाँच सय कम्पनीको खातामा र बाँकी चार हजार पाँच सयको मात्र १० प्रतिशत बोनस र औषधि पाइन्छ जसको मूल्य चार सय ५० भारतीय रुपैयाँ हुन्छ। २० हजार भारतीय रुपैयाँ तिरेमा १३ हजार पाँच सय बराबरको पाँच प्रतिशत बोनस र औषधि पाइन्छ।

बाँकी ६ हजार पाँच सय कम्पनीलाई हुन्छ, यसमा ६ सय ७५ भारु बोनस कम्पनीले दिने गरेको छ। ६० हजार भारतीय रुपैयाँ तिरेमा ४५ हजार बराबरको तीन प्रतिशत बोनस र औषधि पाइन्छ, जसको मूल्य १३ हजार ५० भारु हुन्छ। यसमा उनिहरूलाई लिएर जाने ब्याक्तिलाई पनि सो सरह जत्तिकै बोनस दिने गरेको छ।

बढी पैसालाई फास्ट ट्र्याक

कम्पनीले धेरै पैसा तिर्ने सदस्यलाई फास्ट ट्र्याकबाट पद बढाउने नीति अवलम्बन गरेको छ। पहिलो चरणका सदस्यलाई एक डाइमन्डदेखि पाँच डाइमन्ड कम्पनीले पद सिर्जना गरेको छ, जसले गर्दा धेरैभन्दा धेरै रकम तिरेमा एकैपटक सातौं डाइमन्डको पदमा पुग्न सक्छ।

यसका लागि सदस्यले एक लाख ६० हजार रुपैयाँभन्दा बढी तिर्नुपर्छ। यस्तै, गोल्ड डाइरेक्टर, एम्बासडर र क्राउन एम्बासडरसम्म पुग्नेलाई भारतमा एपार्टमेन्टसहित ४० लाख नगद मासिक दिने प्रलोभन दिने गरेकोे पाइएको छ।

कम पैसा हुनेले यो कम्पनीमा प्रवेश गर्न एक हजार रुपैयाँको सदस्यता लिनुपर्छ। सोपश्चात सदस्यता लिएकाहरूलाई चार दिनको तालिम दिइन्छ र पाँचौं दिनमा ग्राहकसँग बोल्न सक्ने र नसक्ने भनी सामान्य परिक्षा लिएपछि सदस्यहरूलाई अनिवार्य रूपमा दुईजना सदस्य बनाउनुपर्छ।

यसरी सदस्य बनेपछि १० देखि २० प्रतिशतसम्म छुटमा औषधि पाउने, नयाँ सदस्य थपेपछि बोनस पाउने, डाइमन्ड बढ्दै गएपछि प्रोडक्टमा २४ प्रतिशतसम्म छुट पाउने सुविधा स्वरूप कम्पनीको दुई प्रतिशतसम्म फाइदा दिने प्रलोभनमा कम्पनीले पार्ने गरेको छ।

प्रकाशित: १८ कार्तिक २०७६ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App