४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

द्रुतमार्ग निर्माणको अवधि एक वर्ष थप्न सेनाको प्रस्ताव

२०७९ असोजभित्र आयोजना सम्पन्न हुनेगरी पूर्वनिर्धारित तालिका हेरफेर गरेर मन्त्रालयम प्रस्ताव पेस गरेका छौं ः योगेन्द्रबहादुर खाँण, उपरथी एवं आयोजना प्रमुख, नेपाली सेना

ठूलाले बिर्सेका गाँउघर

चुरेको फेँद वा भनौँ तराईभन्दा केही माथि उठेको भावर क्षेत्रमा अवस्थित उदाउँदो सहर धरानमा यतिबेला डेंगुको संक्रमण फैलिएर अस्तव्यस्त बनेको खबर आइरहेका छन्। त्यही सहरको १८÷२० किलोमिटर दूरीमा अवस्थित भेडेटारले भने त्यो नियति भोगेको छैन बरु साँझमा पुग्ने जोकोहीलाई हपहपी गर्मी हुने अहिलेको धूपमा पनि अझै सिरकमै घुस्रन बाध्य बनाउँछ। यसले नेपालको विविधतायुक्त हावापानीको मौजुदा अवस्थालाई इंगित मात्र गरेको छैन बरू विकासका आधारभूत आवश्यकता जस्तैः सडक, शिक्षा र स्वास्थ्यले परापूर्वकालदेखिका रमणीय गाँउले बस्तीमा पाइला नटेक्दा धरानमा यो अवस्था आएको हो भन्दा अतिशयोक्ति हुने छैन। अनगन्ती सम्भावना बोकेका गाँउहरू आज पनि धनदौलत कमाउने लोभमा मुग्लान पसेका वा सुखसयलका लागि अन्यत्र गएका युवा पंक्तिलाई कुरेर बसेका छन्।

‘तराईमा दाइजो विरोधी युवा चाहियो’

नेता नेपाल विमानस्थलबाट बाहिरिनेबित्तिकै उनलाई जिल्ला अध्यक्ष पन्तले स्वागत गर्दै आफूले व्यवस्था गरेको गाडीमा चढ्न आग्रह गरेपछि नेपाल निकट मानिएका लामा र प्रदेश सांसद लुंगेलीले अर्कोतिर तानेका थिए।

महन्थ ठाकुरको जिज्ञासा : समृद्ध तराई मधेस कार्यक्रममा किन बजेट आएन?

राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले सम्मृद्ध तराई मधेस कार्यक्रम बजेटमा समावेश नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

गर्मीले पश्चिम तराईको जनजीवन प्रभावित

बढ्दो गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित बनेको छ। यसको प्रत्यक्ष प्रभाव मुख्य व्यापारिक केन्द्र बाँकेको नेपालगन्ज, कैलालीको धनगढी, रूपन्देहीका भैरहवा र बुटवलमा देखापरेको छ। चर्को गर्मीका कारण पश्चिम तराईका मुख्य सहरका सडकमा आवागमनकर्ताको संख्या पातलिएको छ। मौसम पूर्वानुमान शाखा काठमाडांैले आइतबार बिहान ९ बजे भैरहवाको तापक्रम ३४, नेपालगन्जको ३० र कैलालीको ३२ डिग्री मापन गरेको छ। शाखाले शनिबार बिहान नेपालगन्जमा ३० डिग्री रेकर्ड गरेको तापक्रम आइतबार अहिलेसम्मकै अधिकतम ४३ दशमलव ५ डिग्री पुगेको छ। भैरहवा र धनगढीमा अधिकतम तापक्रम ४३ डिग्रीसम्म पुगेको छ।

मध्य र पश्चिम तराईमा ‘लु’

एक सातादेखि मध्य तथा पश्चिम तराईका जिल्लामा गर्मी बढेसँगै ‘लु’ (तातो हावा) चल्न थालेको छ। मध्य तराईका जनकपुर, बारा, पर्सा, पश्चिम तराईका बाँके, रूपन्देही, कैलालीलगायत जिल्ला गर्मीसँगै तातो हावा चल्न सुरु गरेको हो। गर्मीका कारण यहाँको जनजीवन प्रभावित भएको छ। दिउँसो ‘लु’ चल्नाले गर्मीमा हिँडडुल गर्न र खुला आकाशमुनि काम गर्न समस्या भएको स्थानीयले बताएका छन्।

‘काल’ बन्दै दाइजो

तराई–मधेसका महिलाहरू सुखसयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात् ‘ससुराल’ जान्छन्। तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’ कै कारण ‘काल’ बनेको छ।

तराई–मधेसमा भव्य ‘फगुवा’

एक–अर्कालाई रङ–अबिर लगाउँदै र मिठो–मसिनो खाँदै–खुवाउँदै बिहीबार तराई–मधेसमा प्रेम र सद्भावको पर्व होली भव्य रूपमा मनाइएको छ। फगुवा पनि भनिने होली पर्वको अवसरमा अघिल्लो ‘समद’ अर्थात् होलिका दहन गरिन्छ भने भोलिपल्ट रङ–अबिर लगाउँदै हर्षोल्लासका साथ मनाउने गरिन्छ।

बिहीबार परेका कारण लम्बियो तराईको होली

सदा एक दिन मात्र मनाइने तराईको महत्वपूर्ण पर्व होली यस वर्ष भने दुई दिन मनाइने भएको छ। यस वर्ष तराईको होली बिहीबार परेको र मधेसी समुदायको घरमा बिहीबारका व्रतालु हुने भएका कारण माछामासु नचल्ने भएपछि मिथिला क्षेत्रका सर्वसाधारणले शुक्रबार होली मनाउने तयारी गरेका छन्। मधेसी समुदायमा आइतबार, मंगलबार र बिहीबार अधिकांश घरमा व्रतालु हुने हुँदा माछामासु नचल्ने भएकाले यस्तो बेलामा होली पर्व भोलिपल्ट मनाउने प्रचलन रहेको मैथल संस्कृतिका जानकार रजनीकान्त झा बताउँछन्।

द्रुरतमार्गको डिपिआर रक्षा मन्त्रालयमा पुग्यो

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई-मधेस द्रुतमार्ग (एक्प्रेस वे) को गुरुयोजना स्वीकृतिका लागि नेपाली सेनाले रक्षा मन्त्रालयमा पेस गरेको छ। दक्षिण कोरियाली कम्पनी सुसङ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको डिपिआर स्वीकृतिका लागि सेनाले रक्षा मन्त्रालयमा पेस गरेको हो।

तराईमा धुमधामका साथ होली मनाईँदै

बुधबार हिमाली र पहाडी क्षेत्रमा देखिएको होलीको रौनक बिहीबार भने तराईका देखिएको छ। तराईका जिल्लामा धुमधामका साथ होली पर्व मनाईँदै छ।

घट्यो मूल्य वृद्धि, तराई सबैभन्दा सस्तो

चालु आर्थिक वर्षको माघ महिनासम्म आइपुग्दा तराई सबैभन्दा बढी सस्तो भएको छ।  गत वर्ष यस अवधिमा तराई सबैभन्दा महंगो थियो।

तराई मधेसको समृद्धिमा जुट्ने उद्घोष

तराई मधेसको समृद्धि र विकासको लागि नेकपा र नेकपा नेतृत्वको सरकार गम्भीर रहेको पार्टीका प्रमुख तीन नेताले एकै मञ्चबाट घोषणा गरेका छन्। नेकपाको प्रदेश नम्बर २ ले रौतहटको गरुडामा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता माधव कुमार नेपालले सरकारले विकासको लागि गम्भीरतापूर्वक र सजगतापूर्वक अगाडि बढेको बताएका छन्।

फास्ट ट्रयाकको डिपिआर फाइनल गर्ने तयारी

नेपाली सेनाले तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत आयोजना रिपोर्ट (डिपिआर) को पुनरवलोकन सकेर परामर्शदाता सुसङ इन्जिनियरिङलाई बुझाएको छ। दक्षिण कोरियाली परामर्शदाता सुसङले डिपिआर निर्माणको जिम्मा पाएको थियो। सुसङले डिपिआर तयार पारी बुझाएपछि सेनाले त्यसको पुनरवलोकन गरेको थियो। ‘पुनरवलोकनको काम सकेर अन्तिम डिजाइनका लागि सुझावसहित डिपिआर परामर्शदातालाई दिएका छौं’, सैनिक प्रवक्ता सहायक रथी यमप्रसाद ढकालले भने।

द्रुतमार्गको नयाँ डिपिआर तयार, सुरुङको दुरी बढ्ने

नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को अन्तिम प्रतिवदेनको मस्यौदा प्राप्त गरेको छ। द्रुतमार्गको डिपिआर दक्षिण कोरियाको सोसुंग इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको हो। सेनाले डिपिआर अध्ययन गरेपछि अन्तिम रुप दिइने बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्