१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘तराईमा दाइजो विरोधी युवा चाहियो’

नेता माधवकुमार नेपाल। तस्बिर: टंक/नागरिक

सर्लाही - पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मधेसमा व्याप्त दाइजो हटाउन ‘बहादुर युवा’ चाहिएको बताएका छन्। जिल्लाको हरिहपुर नगरपालिकाको लक्ष्मीपुरमा मंगलबार बोल्दै उनले तराईमा व्याप्त दाइजो प्रथा निरुत्साहित गर्न यहाँका युवा बहादुर बनेर अगाडि आउनु आवश्यक रहेको बताए। दाइजोको निहुँमा आपराधिक, हिंसात्मकलगायत घटना भइरहेको भन्दै उनले दाइजो प्रथाले विकृत्ति विसंगति पनि बढाइरहेको उल्लेख गरे।

दाइजो प्रथालाई मुर्दावाद भन्न सक्ने र आफ्नो विवाहमा दाइजो नलिने आँटसहित युवा अगाडि आउन सके विकृत्ति र विसंगति क्रमशः निरुत्साहित हुँदै अन्त्य हुने उनले बताए। तराई मधेसलाई दाइजो प्रथाले गाँजेको र युवा वर्गले यो प्रथाविरुद्ध आवाज उठाउनुपर्नेमा नेपाले जोड दिए।

मधेसी, इस्लामलगायतपछि परेका समुदायलाई शिक्षामा जोड दिन आग्रह गर्दै नेपालले बालबच्चालाई नियमित विद्यालय पठाउन सबैलाई अनुरोध गरे। ‘शिक्षाले नै व्यक्ति र समुदायको विकासमा महŒवपूर्ण भूमिका खेल्छ’, नेपालले भने, ‘त्यसैले आप्mना बालबच्चालाई नियमित विद्यालय पढ्न पठाउने गरौं।’ छोराछोरीलाई सानैमा विवाह गर्न हतार गर्दा शैक्षिकस्तर उठन नसकेको समेत नेता नेपालले बताए। हरिपुर नगरपालिकाका प्रमुख जमरुद्धिन मन्सुरको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय इस्लाम समुदायका महिलाको उल्लेख्य सहभागिता थियो।

नेपाललाई तान्न कार्यकर्ताबीच हानाथाप
वरिष्ठ नेता नेपाललाई आफ्नो सवारी साधनमा राख्न सर्लाही नेकपा कार्यकर्ताबीच तानातान भएको छ। बिहान सिमरा एयरपोर्टमा उत्रिएका नेता नेपाललाई स्वागत गर्न सर्लाहीबाट जिल्ला अध्यक्ष रेवती पन्त नेतृत्वको समूह तथा प्रदेश सांसद् बेची लुंगेली एवं सुरेन्द्र लामा नेतृत्वको अर्को समूह पुगेको थियो।

नेता नेपाल विमानस्थलबाट बाहिरिनेबित्तिकै उनलाई जिल्ला अध्यक्ष पन्तले स्वागत गर्दै आफूले व्यवस्था गरेको गाडीमा चढ्न आग्रह गरेपछि नेपाल निकट मानिएका लामा र प्रदेश सांसद लुंगेलीले अर्कोतिर तानेका थिए। दुई पक्षबीचको तानातानले नेता नेपाल एकछिन अलमलमा परेको कार्यकर्ताले बताए। लगत्तै नेता नेपालले विमानस्थलभित्रको एउटा कोठामा दुवै समूहलाई बोलाएर सम्झाउनुपरेको थियो। हरिपुर नगरपालिकाको कार्यक्रममा आएकाले हरिपुर नगरपालिकाले व्यवस्था गरेको जिपमा चढ्ने र बुधबार जिल्ला पार्टी कार्यालय उद्घाटन गर्न सदरमुकाम मलंगवा जाँदा जिल्ला अध्यक्ष पन्तले व्यवस्था गरेको जिपमा चढ्ने नेपालले बताएपछि सहमति भएको थियो।

लामाले नेता नेपाललाई चढाउन हरिपुर नगरपालिकाको जिप लगेका थिए भने जिल्ला अध्यक्ष पन्तले बरहथवा नगरपालिकाको जिप लगेका थिए। पार्टीले पन्तलाई जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य डाचाराज वाग्लेलाई सचिवमा मनोनित गरेपछि प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेती, प्रदेश सांसद लुंगेली, नेता लामालगायतको समूहले पन्तविरुद्ध पत्रकार सम्मेलन गरेको थियो। सचिवमा मनोनित केन्द्रीय सदस्य वाग्लेले राजीनामा दिइसकेका छन्।

प्रकाशित: २९ जेष्ठ २०७६ ०१:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App