४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

द्रुतमार्गको दुरी घट्यो, सुरुङ बढ्यो

काठमाडौं–तराई–मधेस द्रुतमार्गको दुरी घट्ने भएको छ। पछिल्लो विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा पहिलाको रेखांकनमा सामान्य र सुरुङ मार्गलाई संशोधन गरिएपछि द्रुतमार्गको समग्र दुरी करिब चार किलोमिटर घट्ने भएको हो।

कटिङले पहिरोको जोखिम

नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई फास्टट्रयाक (द्रुतमाग) को विस्तारका लागि अहिलेकै डिजाइनमा जमिन कटिङ गर्दा पहिरोको जोखिम हुने देखिएको छ। काठमाडौंदेखि निजगढसम्मको ७६ किलोमिटर लामो सडक खण्ड विस्तारका लागि अहिलेकै डिजाइनअनुसार कटिङ गर्दा पहिरोको जोखिम हुने भन्दै अतिरिक्त जग्गा आवश्यक पर्ने जनाइएको छ। राष्ट्रिय विकास समस्या समाधान समितिको ४४ औं बैठकमा फास्ट ट्रयाक निर्माणका चुनौती प्रस्तुत गर्दैै सडक निर्माणको दायाँतर्फ थप जग्गा आवश्यक पर्ने जनाइएको छ।

भूमिगत सशस्त्र समूहका प्रमुख थिए दीपेन्द्र : प्रहरी

सप्तरीको रुपनीमा बुधबार मुठभेडमा मारिएको भनिएका ३५ वर्षीय दीपेन्द्र चौधरी भूमिगत सशस्त्र संगठन प्रगतिशील तराई मुक्ति मोर्चा (सिजन) समूहका प्रमुख रहेको प्रहरीले बताएको छ। सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टका अनुसार चौधरीले नै ‘सिजन’ उपनाम राखेर संगठनमार्फत विभिन्न आपराधिक गतिविधिको नेतृत्व गर्दै आएका थिए।

प्रहरीसँगको मुठभेडमा सशस्त्र समूहका कमाण्डरको मृत्यु

सप्तरीको रुपनी नजिक प्रहरी कारवाहीमा परि बुधबार बिहान सशस्त्र समूहका कमाण्डरको मृत्यु भएको छ। प्रहरी कारवाहीमा मारिने प्रगतिशील तराई मुक्ति मोर्चाका कमाण्डर सप्तरी कडरबोना निवासी ३५ वर्षीय निशान थारु (दिपेन्द्र चौधरी) हुन्।

मधेसको राजनीतिक स्केच

मधेसको भौगोलिक परिभाषा के हो ? आज पनि यो प्रश्नको परख गर्दा धेरै थरि मत बाझिनेछन्। नेपालको पूर्वदेखि पश्चिमसम्मको दक्षिणी समथर भूभागलाई ‘मधेस’ भन्नु ऐतिहासिक र राजनीतिक रूपमा कति ठीक वा बेठीक ? मधेस र तराईबीच भिन्नता के हो ? यस्ता धेरै प्रश्नमा लामो छलफल गर्न सकिन्छ।

पश्चिम तराईमा माघीको रौनक

बाँके, बैजापुरका जितबहादुर थारुलाई यतिबेला माघीको रमझमले बेस्सरी छोएको छ। केहीदिन यता उनी आफन्त र ईष्टमित्रलाई भेटघाट गर्न तथा खानपिनमा ब्यस्त छन्। गाउँमा रातभर मादल र गीतका स्वर घन्किरहेका छन्। घर बाहिर रहेका परिवारका सदस्य तथा आफन्तको बाक्लो जमघट छ। गाउँमा जताततै माघीको रौनकता छाएको जीबहादुर बताउँछन्।

पश्चिम तराईमा माघी रौनक

पुस लाग्नेबित्तिकै माघीको त्रासदीले सताउन थाल्थ्यो। माघी उत्सव होइन, अभिशाप बनेर आइदिन्थ्यो। चाहना मुक्तिको थियो तर ‘कमलरी’ दासताको म्याद माघीले थपिदिन्थ्यो। प्रदेश ५ की उपसभामुख पूर्वकमलरी कृष्णी चौधरी भन्छिन्, ‘उतिबेला माघी उत्सव होइन, अभिशाप बन्थ्यो।’ सात वर्षको कलिलो उमेरदेखि कमलरी दासतामा बाँधिनुपर्दा माघीको रौनक कहिल्यै आउन दिएन उनलाई। वर्ष दिनको सय रुपैयाँ ज्याला र एकसरो लुगामा उनले डेढ दशक माघी मालिकसँगको सम्झौतामै बिताइन्।

राज्य व्यवस्था समितिमा पत्रकारलार्इ निषेध

संसदको राज्य व्यवस्था समितिले काठमाडौं–तराई फास्ट ट्र्याकको विषयमा छलफल गर्दा सञ्चारमाध्यमलाई प्रवेश निषेध गरेको छ। प्रवेद निषेध गरेपछि समितिले फास्ट ट्रयाकको जेरो किलोमिटर खोकना र बुँगमतीबाट फर्सीखेल सार्ने मनसायको निर्देशन दिएको छ।

खोकना र बुँगमतीमा मात्र मुअब्जाको रकम बढाउन सकिन्न : सरकार

काठमाडौं–तराई दू्रतमार्ग (फास्ट ट्रयाक) को ‘जेरो’ किलोमिटर रहने ललितपुरको खोकना र बुँगमतीमा विवाद समाधान नहुने देखिएको छ।

कायमै हरुवाचरुवा प्रथा

राणा प्रधानमन्त्री चन्द्रशमशेरकै पालामा उन्मूलन घोषणा गरिएको दासदासी प्रथा पूर्वी तथा मध्य तराईमा ‘हरुवाचरुवा’ को आवरणमा अझै कायम छ। दासप्रथाको अवशेषका रूपमा यो प्रथा कायमै रहँदा एक लाखभन्दा बढी नागरिकले संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभव गर्न पाएका छैनन्।

डिपिआरबिनै फास्टट्रयाक

काठमाडौं–तराई–मधेस दु्रत मार्ग (फास्टट्र्याक) निर्माण विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बिनै अघि बढाइएको छ। फास्टट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ।

मुअब्जा नपाए काम रोक्ने चेतावनी

काठमाडौं–तराई जोड्ने दू्रतमार्ग (फास्ट ट्र्याक) निर्माणका क्रममा अधिग्रहण भएको जग्गाको उचित मुआब्जा नपाएको भन्दै ललितपुरको लितपुरको खोकना र बुङमतीका बासिन्दाले काममा अवरोध गर्ने चेतावनी दिएका छन्। स्थानीयले सरकारबाट उचित मुअब्जा नपाएको गुनासो गरेका छन्।

लोप हुँदै ‘भिझिया’

तराई–मधेसमा दसैंका बेला महिलाले मनाउने सांस्कृतिक पर्व ‘भिझिया’ विस्तारै लोप हुँदै गएको छ । यस पर्वमा मधेशी महिलाले प्वालै–प्वाल पारिएको गाग्रोभित्र दियो बालेर राति गीत गाउँदै र नाच्दै गाउँ डुल्ने गर्छन्।

द्रुतमार्गमा काटिएका २० हजार रूखकाे गोलिया कुहिँदै

बर्खाअघि काठमाडौं–तराई–मधेस द्रुतमार्गमा काटिएका २० हजार रूखकाे गोलिया कुहिन थालेका छन्। राजधानीलगायत देशका मुख्य भागमा काठ अभाव भइरहेका बेला दु्रतमार्गमा कटान गरिएका रूखको सही व्यवस्थापन नहुँदा ती काठ कुहिन थालेका हुन्।

सप्तरीमा सामूहिक बलात्कार, पाँच पक्राउ

दाजुभाइले दिदीबहिनीबीच ‘स्नेहसहित सुरक्षा’ दिने प्रतिबद्धताका साथ तराई–मधेशमा मनाइने रक्षाबन्धन पर्वकै दिन सप्तरीमा एक युवती सामूहिक बलात्कारमा परेको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न आरोपमा सप्तरी प्रहरीले मंगलबार पाँच अभियुक्तलाई पक्राउ गरेपछि घटना बाहिर आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्