१० पुस २०८२ बिहीबार
image/svg+xml
डा शेरबहादुर पुन


डा शेरबहादुर पुनका लेखहरु :

आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम

“यो वर्ष कुन सङ्क्रमण प्रकोप/महामारीका रुपमा देखिएला ?” यो प्रश्नको तत्काल सटिक उत्तर त नहोला तर विगतको अनुभव अनि कमजोरीबाट भने सम्भावित सङ्क्रमण महामारीको अनुमान गर्न भने सकिन्छ ।

एचएमपिभी भाइरस र हाम्रो अवस्था

आजभोलि धेरै चर्चा अनि केही त्रसित बनाइरहेको एचएमपिभी भाइरसले समाचारमा विशेष स्थान बनाउँदै आइरहेको छ ।

विश्व नेतृत्वका लागि चीनको पालो

विगत ४० वर्षमा विश्वव्यापीकरणको फाइदा अन्य देशको तुलनामा चीनले अत्यधिक लिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको डरलाग्दो आक्रमण हाल जारी रहेको सन्दर्भमा शान्ति र मानवताको पक्षमा उभिएर विश्वव्यापी नेतृत्व प्रदर्शन गर्ने अपूर्व र अत्यावश्यक अवसर चीनले पाएको छ।

संक्रामक रोगको पुनरागमन सजगता अपनाऔं

हाल कोरोनाकालभरि अवलम्बन गर्दै आइरहेका जनस्वास्थ्य मापदण्ड चटक्कै बिर्संदै जाँदा संक्रामक रोगहरूले पुनरागमन गरिरहेको संकेतहरू देखिन सुरु भइसकेको छ । तसर्थ बर्सेनि देखिँदै आइरहेका मौसमी संक्रामक रोगहरू विकसित देशहरूले जस्तै इतिहासमा सीमित पार्न खानपान र सरसफाइलाई बेवास्ता नगरौं ।

तराईका विषालु सर्प काठमाडौँ सर्दै !

उल्लिखित शीर्षक सम्भावित अवस्था अनुमान गरेर राखिएको हो। अहिले नै यस्तो अवस्था आइसकेको त छैन तर भविष्यमा यस्तो हँुदैन भन्न सकिएला र ! यो प्रश्न किन पनि सान्दर्भिक छ भने पहिले तराईमा मात्र हुने मलेरिया र कालाज्वरो अहिले क्रमशः पहाड र हिमाल चढ्दै छन्। यो पंक्तिकारले नेपालमै पहिलोपटक अनुसन्धान गर्दा कालाज्वरो पहाडतिर सर्दै गएको छ भनेर पत्ता लगाएको थियो जुन त्यसबेला अरूका लागि अपत्यारिलो विष्या थियो। तर अहिले यो रोग देखिने क्रम नियमितजस्तो भइसक्यो। त्यस्तै अवस्था मलेरियाको पनि छ। कुनै समय तराईमा मात्र देखिने कालाज्वरो, मलेरिया पहाड हुँदै हिमालतिर पुग्नाका कारण के हुनसक्छ ? सबैजसोको मत सायद जलवायु परिवर्तन भन्नेमा एक हुन सक्छ। त्यसो हो भने हाल तराईमा देखिने विषालु मानिने गोमन, करेतजस्ता सर्प काठमाडौँलगायत नेपालका विभिन्न पहाडी इलाकामा बसाइँ नसर्लान् त ?

इमर्जिङ सरुवा रोग : चुनौती र अवसर

केही समयअगाडिसम्म नयाँ रोग आगमनबारेमा न सर्वसाधारणलाई नै थाहा हुन्थ्यो न त चिकित्सकलाई नै चासो। स्वास्थ्य क्षेत्रमा खासगरी नेपालमा रोगको पहिचान भन्दा पनि उपचारलाई विशेष ध्यान दिँदै आएको देखिन्छ। नतिजास्वरूप नौलो इमर्जिङ रोगबारे पत्तो पाइने कुरै भएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्