२३ असार २०८१ आइतबार
image/svg+xml

वडाध्यक्षको तलब छात्रवृत्तिमा खर्च

वडाअध्यक्ष खत्रीले आफूले वडा अध्यक्ष हुँदा प्राप्त गर्ने तलब र भत्ता आफ्नो वडामा रहेका सरकारी विद्यालयमा अध्ययनरत विपन्न, गरीब, असहाय र टुहुरा विद्यार्थीलाई वितरण गर्ने योजनाअनुसार दुई विद्यालयलाई बाँडिएको जानकारी दिए।

कांग्रेस महाधिवेशन: सुर्खेतमा संस्थापन समूहको वर्चश्व

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित आठ पालिकामा संस्थापन (शेरबहादुर देउवा) समूह विजयी भएको छ।

उपमेयर फुटबलबाट बाहिरियो पोखरा

पोखरा उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताबाट बाहिरिएको छ।

अनुदानमा अनियमितता–२: छाडा चौपाया पाल्न अनुदान लिएर उन्नत जातका भैंसीपालन

अनुदान दिने निकाय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रतिवेदनमा सहकारीले सञ्चालन गरेको फर्मको अनुगमनका क्रममा ५० क्षमताको गोठमा २२ वटा गाई रहेको उल्लेख भए पनि गोठमा गाईनै नभएको, गाईगोठ जाने बाटो ठाडो उकालो भएकाले गाईपालनका लागि अनुपयुक्त रहेको प्रांगारिक मल र विषादी उत्पादन गर्ने उद्देश्य पनि सहकारीले पूरा नगरेको उल्लेख छ।

कोभिड अस्पताल बनायौं, अक्सिजन प्लान्ट स्थापना गर्दैछौं : मेयर सुवेदी

राजधानीको नगरपालिका भएका कारणले हामीले छुट्टै कोभिड अस्पताल सञ्चालनमा ल्याएका छौं । नगर कोडिभ नियन्त्रण व्यवस्थापन समितिमार्फत निःशुल्क एम्बुलेन्स, विरामीलाई खाना, औषधिको व्यवस्थापनका साथै कोरोना संक्रमण भएर मृत्यु भएकाहरुको व्यवस्थापनको काम पनि हामीले गरिरहेका छौं ।

वीरेन्द्रनगरमा आँखा पोल्ने तुँवालो

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर उपत्यकामा आँखा पोल्ने तुँवालो बढ्दै गएको छ । आइतबारको तुलनामा सोमबार तुँवालो बाक्लो र प्रदूषित देखिएको छ ।

स्रोत नभएको संस्थालाई नगरपालिकाको ३० लाख

भेरीगंगा नगरपालिकाले चार वडामा चार नमुना गाउँ निर्माणका लागि वीरेन्द्रनगरको नमुना समाजसँग भदौ २३ गते सम्झौता गर्‍यो। कार्यक्रमअन्र्तगत तीन वर्षको अवधिमा नगरपालिकाले ९० लाख र नमुना समाजले २ करोड १० लाख रूपैयाँ बेहोर्ने उल्लेख छ।

निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीद्वारा सडक अवरुद्ध

वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक आसपासका स्थानीयवासीले ठेकेदार कम्पनीले लामो समयदेखि निर्माणमा बेवास्ता गरेकाले यातायात अवरुद्ध पारेका हुन्। स्थानीयवासीले सडकमा ठूल्ठूला ढुङ्गा राखेर, तारजाली लगाएर सडक अवरुद्ध पारेका छन्।

स्रोत नभएको संस्थालाई नगरपालिकाको ३० लाख

नगरपालिकाले तीन वर्षमा ९० लाख र नमुना समाजले तीन वर्षमा दुई करोड १० लाख रुपैयाँ गरेर तीन करोडबाट नमुना गाउँ निर्माण गर्ने उल्लेख भएपनि संस्थासँग कुनै आर्थिक स्रोत छैन।

भरपर्दाे स्वास्थ्य सेवाको माग गर्दै वीरेन्द्रनगरवासीको प्रदर्शन

कर्णालीका दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकको उपचार नपाएर बर्सेनि दर्जन बढीको मृत्यु हुन्छ। कहिले चिकित्सक नहुँदा त कहिले बिरामीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा भौगोलिक विकटताको बहानामा कर्णालीवासीले उपचार नपाएरै अकालमा ज्यान फाल्नुपर्ने अवस्था छ। कर्णालीका दुर्गम क्षेत्र मात्र होइन, प्रदेश राजधानी वीरेन्द्रनगरभित्रै सहरी क्षेत्रमा भरपर्दाे उपचार नपाएको भन्दै नागरिक प्रदर्शनमा उत्रिन थालेका छन्।

ऋण तिर्न ज्यालादारी काम गर्दै साना व्यापारी

लकडाउनले साना व्यापारलाई नराम्री प्रभावित पारेपछि उनीहरू मात्र होइन केही साना व्यापारी पसल बन्द गरेर ज्याला मजदुरी काम गर्न थालेका छन्। ऋण गरेर सुरु गरेको पसलको ऋण तिर्नै मुस्किल भएपछि मजदुरी गर्न थालेका हुन्।

आईईई विपरित नदीजन्य पदार्थको ठेक्का सम्झौता

आफैले आईईईले तोकेको परिणाम भन्दा धेरै नदीजन्य पदार्थ संकलन गरिसकेको नगरपालिकाले थप ३६ हजार घनमिटर संकलनका लागि ठेक्का दिएको छ ।

वीरेन्द्रनगरमा कोरोना रोक्न तयारी तीव्र

विश्वभर फैलिएको कोभिड–१९ अर्थात् नोबेल कोरोना भाइरस संक्रमणको जोखिम हटाउन पूर्व सजगतालाई कर्णाली प्रदेश सरकारले काम तीव्र पारेको छ। प्रदेश सरकारले कर्णाली भित्रिने सीमावर्ती नाकामा हेल्थ डेस्क, प्रादेशिक अस्पतालमा आइसोलेसन र जिल्लामा आवश्यक पर्ने जनशक्ति तीन महिनाका लागि करारमा नियुक्त गरेको छ।

वीरेन्द्रनगरमा खुला नालाले फैलिँदै दुर्गन्ध

नेताचोकस्थित व्यवसाय गर्दै आएका पदमबहादुर सुनार पसल आउँदै थिए। उनी पसल अगाडि नालामा बगेको पानीमा चिप्लिएर लडे। उनको दायाँ खुट्टामा चोट ठूलो चोट लाग्यो। उपचारपछि झन्डै एक महिनासम्म पसल जान सकेनन्। उनी मात्र होइन कर्णाली प्रदेशको राजधानी वीरेनद्रनगरका मुख्य बजारमा नाला व्यवस्थित नहुँदा जोखिम बढेको छ। नाला खुला हुँदा दुर्गन्ध फैलिनुका साथै पैदालयात्रुलाई जोखिम निम्त्याएको हो।

प्रभावकारी भएन ‘हवाई सेवा’ कार्यक्रम

अहिलेसम्म यी जिल्ला (मुगु, हुम्ला र डोल्पा)का ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिले सहुलियत पाउन नसकेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्