१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वीरेन्द्रनगरमा आँखा पोल्ने तुँवालो

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर उपत्यकामा आँखा पोल्ने तुँवालो बढ्दै गएको छ । आइतबारको तुलनामा सोमबार तुँवालो बाक्लो र प्रदूषित देखिएको छ ।

सोमबार बिहानैदेखि लागेको तुँवालोले वीरेन्द्रनगर उपत्यका ढाकिएको थियो । तराई हुँदै पहाड उक्लिएको तुँवालो उपत्यकाबाट बाहिर नसक्दा झनझन बाक्लो हुँदै गएको छ । बाक्लो तुँवालोले आँखा पोल्ने गरेको स्थानीयको भनाइ छ । आइतबारको तुलनामा सोमबार बढी तुँवालो देखिएको स्थानीय चन्द्रबहादुर बुढाले बताए । ‘आइतबारको तुँवालो त्यति बाक्लो थिएन,’ उनले भने, ‘सोमबारको तुँवालो प्रदूषित हुँदा आँखा पोल्यो ।’ तुँवालो बढ्दै जाँदा जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिवलिटी कम हुँदा सुर्खेतबाट सबै उडान रद्द भए । 

सुर्खेत बिमानस्थलबाट दैनिक आठदेखि १० वटासम्म उडान हुन्छन् । आइतबार दुई हजारदेखि तीन हजारसम्म भएको भिजिवलिटी सोमबार दुई हजारभन्दा कम भएको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए । भिजिविलिटी घट्दै जाँदा सोमबारका उडान सबै रद्द भएका उनको भनाइ छ । ‘सोमबारको तुँवालोले आँखा पोलेको महसुस भयो,’ उनले भने, ‘यस्तो अवस्थामा उडान गर्न सकिएन ।’ सुर्खेतबाट दैनिक आठदेखि दशवटासम्म उडान हुन्छन् ।

लामो समयदेखि पानी नपर्दा पनि तुँवालो बढ्दै गएको मौसमविद् उड्डयन कार्यालय सुर्खेतका प्रमुख पन्थीले जनाए । ‘यो तुँवालो कि ठूलो हावा लाग्नु पर्छ,’ उनले भने, ‘कि भने पानी पर्नुपर्छ ।’ तराईसँगै अन्य ठूला जंगलमा जथाभावी डढेलो लाग्दा प्रदूषित तुँवालो बढ्दै गएको उनले बताए । ठूला उद्योग वातावरणमैत्री नहुँदा पनि प्रदूषित तुँवालो बढेको उनको भनाइ छ । यस्ता अवस्थामा अत्यावश्यक काम बाहिक अन्य काममा घरभन्दा बाहिर ननिस्कन मौसमविद्हरुको भनाइ छ ।

वायु प्रदूषण बढ्दा यसले स्वास्थ्यमा असर गर्ने उनीहरुको भनाइ छ । श्वासप्रश्वासमा समस्या पर्ने हुँदा माक्स अनिवार्य लगाउनु पर्ने चिकित्सक केएन पौडेलले जानकारी दिए । रुख बिरुवाको संरक्षण गर्ने र नयाँ बिरुवा लगाउने कार्यमा पनि ध्यान दिनुपर्ने उनले बताए । पुराना गाडी सञ्चालनमा पनि रोक लगाउनु पर्ने उनको भनाइ छ ।

प्रकाशित: २३ चैत्र २०७७ १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App