२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

भाइरल बन्ने चाहनासँग जोडिएका संघर्ष र चुनौती चित्रण गर्ने ‘भाइरल गोर्खे’

सामाजिक सञ्जालमा भाइरल बन्ने पछिल्लो समय नेपाली समाजमा विकसित प्रवृत्तिलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘भाइरल गोर्खे’ हो। निर्माण पक्षले यसलाई पारिवारिक चलचित्रको रूपमा प्रस्तुत गरेको छ।

चलचित्रमा आफ्नो भूमिकाबारे अभिनेत्री सृष्टि श्रेष्ठले टिकटक स्टारको भूमिका निर्वाह गरेको बताइन्। ‘भाइरल गोर्खे’ मा सृष्टि श्रेष्ठ र सौगात मल्ल मुख्य भूमिकामा छन्।

आज आयोजित पत्रकार सम्मेलनमा अभिनेता सौगात मल्लले चलचित्रको कथावस्तुबारे जानकारी दिँदै भने, “यसमा यस्तो गाउँका युवाको कथा छ, जसलाई भाइरल हुने रहर छ तर उसलाई ‘भाइरल’ शब्द नै उच्चारण गर्न आउँदैन।”

चलचित्रले भाइरल हुन युवाले भोग्ने चुनौती र संघर्ष, साथै भाइरल भएपछि सामना गर्नुपर्ने समस्याहरू र ती समस्याको समाधान कसरी गरिन्छ भन्ने पक्षलाई केन्द्रमा राखेको छ।

समारोहका क्रममा निर्माण पक्षले चलचित्रको छायांकन मध्यतिर देशभर टिकटक प्रतिबन्ध लागेको अवस्थाले चलचित्रमा असर पर्न सक्ने आशंका रहेको जानकारी गरायो।

सोमबार आयोजित उक्त कार्यक्रममा निर्देशक निगम श्रेष्ठ व्यक्तिगत कारणले उपस्थित हुन सकेनन्।

एके ब्रदर कम्पनी, द जीएमआई एकाडेमी र निभार्ना निर्माण फिल्म स्कुलको ब्यानरमा बनेको चलचित्र ‘भाइरल गोर्खे’ माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।

प्रकाशित: २१ पुस २०८२ २१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App