२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

राजनीतिक कुरीति अन्त्य भयो, अब शिक्षा र स्वास्थ्य सुध्रिन्छ: यादव

सिरहा क्षेत्र नम्बर-२ बाट भारी मतसहित निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवशङ्कर यादवले विगतको राजनीतिक कुरीति अन्त्य भएको बताएका छन्।

विजय जुलुसलाई सम्बोधन गर्दै उनले अब देशमा सुशासन कायम हुने र भ्रष्टाचारको अन्त्य हुने बताएका हुन्।

उनले लामो समयदेखि जकडिएको पुरानो राजनीतिक संस्कार र विसङ्गतिलाई यसपटकको निर्वाचन परिणामले समाप्त पारिदिएको जिकिर गरे।

उनले भने, ‘विगतको राजनीतिमा जुन एउटा कुरीति थियो, त्यसको आजबाट अन्त्य भएको छ।’ उनले अब मुलुकमा सुशासनको युग सुरु हुने विश्वास दिलाए।

आफ्नो कार्यकालमा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई मुख्य प्राथमिकतामा राख्ने उनले प्रतिबद्धता जनाएका छन्। ‘अब शिक्षामा सुधार हुन्छ, स्वास्थ्यमा सुधार हुन्छ,’ मतदातालाई आश्वस्त पार्दै उनले थपे, ‘जनताले पाउने सेवा सुविधामा कुनै कमी हुन दिने छैनौं। म यही वाचा गर्न चाहन्छु।’

सिरहाका जनताले परिवर्तनको पक्षमा उभिएर इतिहास रचेको भन्दै उनले मतदाताप्रति आभार प्रकट गरे। सिरहा–२ का जनता जागेको उल्लेख गर्दै उनले सुनाए, ‘तपाईंहरू परिवर्तनको पक्षमा उभिनुभयो र इतिहास बनाउनुभयो। यसका लागि सम्पूर्ण सिरहावासीलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु।’

प्रकाशित: २३ फाल्गुन २०८२ २२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App