२ असार २०८१ आइतबार
image/svg+xml
समाज

वीरेन्द्रनगरमा खुला नालाले फैलिँदै दुर्गन्ध

वीरेन्द्रनगरमा खुला रहेको नाला । तस्बिरः गणेश विशु/वीरेन्द्रनगर

वीरेन्द्रनगर – नेताचोकस्थित व्यवसाय गर्दै आएका पदमबहादुर सुनार पसल आउँदै थिए। उनी पसल अगाडि नालामा बगेको पानीमा चिप्लिएर लडे। उनको दायाँ खुट्टामा चोट ठूलो चोट लाग्यो। उपचारपछि झन्डै एक महिनासम्म पसल जान सकेनन्। उनी मात्र होइन कर्णाली प्रदेशको राजधानी वीरेनद्रनगरका मुख्य बजारमा नाला व्यवस्थित नहुँदा जोखिम बढेको छ। नाला खुला हुँदा दुर्गन्ध फैलिनुका साथै पैदालयात्रुलाई जोखिम निम्त्याएको हो।

वीरेन्द्रनगरको मुख्य चोक वीरेन्द्र चोक, एरी चोक, बुद्धपथ, घण्टाघर लाइन, जिप्रका रोडलगायतका चोकमा नाला खुल्ला छन्। नाला पार गर्न वृद्ध, बालबालिक तथा अशक्तलाई झन समस्या हुने गरेको छ। नालालाई व्यवस्थित नगर्दा पसल आउने ग्राहक घुमेर पसलमा आउने गरेको वीरेन्द्रनगरका व्यवसायी मंगल गिरी बताउँछन्। ‘यहाँका पसल अगाडि थुप्रै नाला खुला छन्,’ उनले भने, ‘मेरो पसलमा आउने ग्राहक अलि परबाट घुमेर आउनुहुन्छ र रातसाँझ हिँड्ने मान्छेलाई झन समस्या छ।’ दीर्घकालीन योनजा बताएर पहिलेको नालालाई व्यवस्थित गर्नु पर्ने उनको भनाइ छ।

नाला साँघुरा र व्यवस्थित नभएको वीरेन्द्रनगरकी ताराकुमारी गिरीले बताइन्। ‘धेरै जसनो नाला साना छन्,’ उनले भनिन्, ‘वर्षात मौसममा हलका पानी पर्ने वित्तिकै पनि नाला भरिएर पानी बाहिर आउँछ’

खुला नालाले दुर्गन्ध फैलिँदै गएकाले यहाँ बसोबास गर्नेलाई दुर्गन्धले असर गरेको उनले भनाई छ। कतिपय स्थानमा नालाबाट दुर्गन्ध फैलिँदा कतिपय स्थानमा नाक थुन्नु पर्ने अवस्था छ। गर्मी समय बढेसँगै नालाको दुर्गन्धले विभिन्न रोग फैलन सक्ने कृष्णादेवी ओली बताउँछिन्। नाला ढाक्नु पर्ने स्थानीयको भनाइ छ। ‘नालामा चिप्लिएर कुनबेला लडिन्छ थाहा छैन,’ उनले भनिन्, ‘त्यसैले समयमै नाला व्यवस्थित गर्नु पर्ने आवश्यक छ।’

नालाबाट दुर्गन्ध फैलिँदै जाँदा वीरेन्द्रनगरको सुन्दरता हराउँदै गएको स्थानीयको भनाइ छ। नगरभित्रका नाला सफा नहुँदा नगरलाई सुन्दर बनाउन नसकिएको स्थानीयवासीको गुनासो छ।

 

प्रकाशित: ४ चैत्र २०७६ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App