२० आश्विन २०८१ आइतबार
image/svg+xml

लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका अमरसिंह पुन विजयी

नेपाली काँग्रेसको लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन्। संस्थापनइतर पक्षका नेता पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पारजित गरेका हुन्।

कृषिको विकासका लागि कृषकको सम्मन गर्नुपर्छः मुख्यमन्त्री भट्ट

धनगढीमा आज आयोजित ‘मुख्य मन्त्री एकीकृत कृषि तथा पशुपंछी विकास’सम्बन्धी समीक्षा कार्यक्रममा मुख्यमन्त्री भट्टले कृषकको सम्मान गर्ने सोच नहुँदा कृषि क्षेत्रमा अपेक्षित प्रतिफल नआएको बताए।

बागमतीमा बानियाँलाई प्रधानको समर्थन, पुनः मतदान सुरु

शनिबार सम्पन्न नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको मतगणनामा इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गरे। यसैगरी, सभापति पदका अर्का उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ८७७ मत पाए। अर्का उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गरेको निर्वाचत अधिकृत केशव काफ्लेले जानकारी दिए।

गण्डकी प्रदेश सभापतिमा शर्मा, विभागीय मन्त्री पराजित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट संस्थापन इतरका शुक्रराज शर्माको प्यानलले एउटा उपसभापति बाहेक अन्य पदाधिकारीमा क्लिनस्वीप गरेको छ।

युवा बेचेर देश धनी बनाउने भ्रम

आजभोलि एउटा गीत बजारमा आएको छ– ‘केचाहिँ गर्ने हो?’ बोलको। यतिखेर धुर्मुस सुन्तली अभिनित यो गीति भिडियो लाखौँ दर्शकले हेरेर ऐक्यबद्धता जनाइरहेका छन्। राज्यले लिएको गलत नीतिकै कारण देशमै केही गर्नुपर्छ भन्ने युवाहरू गर्नु न मर्नुको अवस्थामा पुर्‍याइएका छन्। हजारौँ कोसिसका बाबजुद असफलता मात्र हात लाग्ने परिस्थिति सामना गरिरहेको मातृभूमिलाई माया गर्ने एउटा युवाको जीवनमा आएको आँधी र उसको मनमा घोत्लिएको द्विविधाको स्वर हो– सांगीतिक कोशेली केचाहिँ गर्ने हो?

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा

नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन्।

कांग्रेस बागमती सभापतिका लागि दोस्रो चरणको मतदान हुने

नेपाली काँग्रेसको बागमती प्रदेश सभापति पदका लागि पुनः मतदान हुने भएको छ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नपाएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको हो।

कांग्रेस सुदूरपश्चिम प्रदेश निर्वाचनः १ हजार ३ जनाले गरे मतदान

शनिबार भएको नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश निर्वाचनमा एक हजार ३ जनाले मतदान गरेका छन्।

काम नगर्ने कर्मचारीलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

उक्त पुल बागमती प्रदेश सरकारले बनाएको पहिलो लामो पुल भएको सचिव साहले जनाए।

कांग्रेस प्रदेश १ नेतृत्व चयनका लागि मतदान सुरू

नेपाली कांग्रेस प्रदेश १ समितिको पदाधिकारी चयनका लागि मतदान सुरू भएको छ। विराटनगर–२ स्थित शंकरपुरको मैदानमा शनिबार दिउँसो २ बजेदेखि मतदान सुरू भएको हो। शनिबार विहानैदेखि मतदान हुने भनेर प्रतिनिधिहरू मतदान स्थलमा जम्मा भए पनि मतदान दिउँसोदेखि मात्रै सुरू भएको हो।

प्रदेश १ को सभापतिमा घिमिरे र थापाको उम्मेदवारी

नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा डा. शेखर कोइराला पक्षका गुरुराज घिमिरे र कृष्ण सिटौला पक्षका उद्वव थापाले मनोनयन दर्ता गरेका छन्।

नेपाली कांग्रेस निर्वाचनः बागमती प्रदेशको नेतृत्वका लागि आज मतदान हुँदै

प्रदेश सभापतिका लागि हेटौँडाका इन्द्र बानियाँ, नुवाकोटका जगदिश्वर नरसिहं केसी र काठमाडौँका भिमसेनदान प्रधानले शुक्रबार उम्मेदवारी दर्ता गराएका थिए।

वाग्मतीमा बानियाँ, केसी र प्रधानको उम्मेदवारी

सभापतिका तीनवटै उम्मेदवारले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। बानियाँको समूहबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दिएका छन्।

उपलब्धिविहीन स्मार्ट गाउँ कार्यक्रम

उद्देश्य अनुरुपभन्दा पनि कार्यकर्ता र पहुँचवालामुखी हुँदा यो कार्यक्रमको प्रभावकारिता बारेमा भने प्रश्न उठ्न थालेको छ। करोडौँ लगानीमा सञ्चालित उक्त कार्यक्रम राजनीति थलोका रुपमा स्थापित हुन थालेको स्थानीयहरु बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्