२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विमानस्थल सञ्चालनको तयारी

भदौ १ गतेदेखि विराटनगर विमानस्थल सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर विमानस्थलले आजपत्रकार सम्मेलन गरी भदौ १ गतेदेखि विमानस्थल सञ्चालनगर्न आवश्यक तयारी आन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

‘भदौ १ गतेदेखि नयाँ सेवा सूविधा सहित विमानस्थल सञ्चालनमा आउँछ’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सूविधा सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन् । शुक्रबार विमानस्थलको निरीक्षण गरेका मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेका पूर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेकोले भदौ १ गतेदेखि नयाँ सेवा सूविधा सहित विमानस्थल सञ्चालनमा आउने बताएका हुन ।

लकडाउनले आयोजनाको काम करिब १३ प्रतिशत घट्यो

कुल २२ अर्ब लागतमा निर्माण गर्न लागिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ६२ प्रतिशत सम्पन्न भएको छ । १० जुलाई २०२१ सम्ममा निर्माण सम्पन्न गर्ने भनेपनि हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको प्रभावपनि निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परेको विमानस्थल निर्माण आयोजना प्रमुख दिनेश मुनंकर्मीले बताए ।

पोखरा विमानस्थलको कार्य प्रगति ६२ प्रतिशत

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको प्रभाव निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि परेको छ । देशकै गौरवको रुपमा रहेको पोखरा विमानस्थल निर्माणमा लकडाउनको प्रभाव पर्दा निर्माण सम्पन्न हुने समयसीमा भन्दा ६ महिना अघि नै निर्माण सम्पन्न गरेर सरकारलाई बुझाउने लक्ष्य पूरा नहुने भएको हो ।

गौतमबुद्ध विमानस्थलका कर्मचारी ४ लाख घुस सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले विमानस्थल निर्माणका क्रममा स्थानीयलाई जग्गाको मुआब्जा दिलाई दिने भन्दै चार लाख घुस लिएका विमानस्थलका कर्मचारी सहित दुई जनालाई पक्राउ गरेको छ । गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र मतियारका रुपमा महेन्द्र प्रसाद यादवलाई मंगलबार दिउँसो एक बजे रंगेहात पक्राउ गरिएको हो ।

अब यसरी गर्नुस् सुरक्षित हवाईयात्रा...

बन्दाबन्दीका कारण झण्डै चार महिनादेखि व्यावसायिक उडान ठप्प रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक उडान कहिले खुल्छ भन्ने यकिन छैन। विमानस्थलको आन्तरिकतर्फ दैनिक ३ सय भन्दा बढी उडान हुने नेपाली आकाश अहिले प्रायः खाली छ।

सोह्र अन्तर्राष्ट्रिय उडान : एक हजार ४१४ नेपाली फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलको नहरले गल्फ कोर्षमा समस्या

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको नहरको पानीको सहज निकास नहुँदा विजयपुर खोला किनारमा रहेको हिमालयन गल्फ कोर्षलाई क्षति पुर्‍याएको छ ।

टरिगाउँ विमानस्थलमा ‘पाइलट’ विषय अध्ययन हुने

दाङको तुलसीपुर –१२ स्थित टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने भएको छ। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार एयरपोर्टमा अन्तरराष्ट्रियस्तरको पाइलट विषय अध्ययनका लागि सम्भाव्यता अध्ययन पूरा भएको छ।

अलपत्र नेपालीको नियमित उद्धार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमितरुपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ।

पन्ध्र अन्तर्राष्ट्रिय उडान : एघार सयबढी नेपाली स्वदेश फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि एकै दिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यसअघि बुधबार र मङ्गलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन २० उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन्। ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।

दिपायल विमानस्थलमा सेनाको परीक्षण उडान

कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ।

विमानस्थलको निरीक्षण

सुदूरपश्चिमका पुनः सञ्चालन र बन्द रहेका विमानस्थलको मंगलबार निरीक्षण गरिएको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिकसहितको टोलीले विमानस्थलको निरीक्षण गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, बझाङको चैनपुर र डोटीको दिपायल विमानस्थलको हवाई निरीक्षण गरिएको हो ।

बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रको काम पुनः शुरु

बन्दाबन्दीका कारण प्रभावित बनेको बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्र गर्ने कार्य पुनः शुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्