२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

विमानस्थलमा उच्च सर्तकता

कोभिड–१९ महामारीले विदेशमा समस्यामा परेका नेपालीको उद्धार हुने भएपछि विमानस्थलमा विशेष सतर्कता अपनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शुक्रबारदेखि उद्धार सुरु हुने भएकाले संक्रमण भित्रिन नदिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड अनुसारको कार्यविधि तयार गरिएको छ ।

परीक्षण उडान अनिश्चित

बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान अनिश्चित भएको छ । चैत १५ गते गर्ने भनिएको परीक्षण उडान लकडाउनले रोकेको हो । गत पुस १२ गते विमानस्थल निर्माण सम्पन्न भइसकेपछि चैत १५ गते परीक्षण उडान गर्ने तयारी थियो ।

उडानका लागि तयार भयो त्रिभुवन विमानस्थल

धावनमार्ग निर्माणको काम सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तीव्र पारिएको छ। कोरोना संक्रमण रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको अवस्थामा धावनमार्ग निर्माणको काम सकिएको हो।

विमानस्थल परीक्षण उडान अनिश्चित

बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान अनिश्चित भएको छ। चैत्र १५ गते परीक्षण उडान गर्ने भनिए पनि लकडाउनका कारण स्थागित गरिएपछि परीक्षण उडान अनिश्चित बनेको हो।

विमानस्थल घेर्ने सडक बनाउन चार हजार माथि रुख काटिँदै

बारास्थित निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणस्थल घेर्ने सडक बनाउन चार हजार दुई सय ३२ रुख काट्नुपर्ने जनाइएको छ।

निर्माणाधिन गौतमबुद्ध विमानस्थलको काम लकडाउनमा पनि निरन्तर

कोरोना भाइरस (कोभिड–१९) ले निर्माणधिन गौतमबुद्ध विमानस्थलका प्रविधिक र उपकरणहरु विदेशमै रोकिए पनि पूर्वाधारको काम निरन्तर चलिरहेको छ । सरकारले सुरक्षित तवरले ठूला आयोजनालाई सञ्चालन गर्न दिने निर्णय बमोजिम निर्माणको अन्तिम चरण रहेको भैरहवास्थित विमानस्थलमा रहेका चिनियाँ प्राविधिकसहितको २९ कामदार र करिब सय नेपाली जनशक्तिले नियमित काम गरिरहेका छन् । बजार बन्द र गाडी नचल्दा बाहिरबाट ल्याउनु पर्ने सामानहरुमा केही कठिनाई भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले समन्वय र सहकार्य गरिरहेको छ ।

माल्दिभ्सका १८ नागरिक बोकेर उड्यो नेपाल एयरलाइन्स

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले माल्दिभ्सका १८ नागरिक बोकेर बङ्गलादेशको राजधानी ढाका उडेको छ।

‘पाङग्राले रनवेमा नटेक्दै विमान झाडीमा पुग्यो’

काठमाडौंबाट मेडिकल ‘किट’ बोकेर उडेको नेपाल एयरलाइन्सको वाई १२ कलसाइज विमान शनिबार बिहान ११ बजेर ३५ मिनेटमा नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो। तर, विमानको पाङग्राले रनवेमा नटेक्दै उक्त विमान घस्रिदै झाडीमा पुग्यो। नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालय प्रमुख प्रेमनाथ ठाकुरका अनुसार उक्त विमान रनवेबाट घस्रिएर करिब ४० मिटर पर पुगेको छ। विमान ठूलो दुर्घटना हुनबाट जोगियो।

विमानस्थलमा सरसफाई केमिकल अभाव

देशभरीका विमानस्थलहरुमा सरसफाईका लागि आवश्यक केमिकल अभाव रहेको पाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गैर आवासीय नेपाली संघले गरेको सरसफाई निरीक्षणका क्रममा विमानस्थलहरुमा सरसफाईका लागि आवश्यक केमिकल अभाव रहेको पाइएको हो।

३५ विदेशी नागरिक विमानस्थलबाटै फिर्ता

अध्यागमन विभागले मेडिकल रिपोर्ट र भिसाबिनै नेपाल प्रवेश गरेका ३५ विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको छ।

अन्तर्राष्ट्रिय उडान ३५ प्रतिशत घट्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान संख्या ३५ प्रतिशत घटेको छ। कोभिड–१९ का कारण सरकारले पर्यटकीय भिसामा रोक लगाएको पहिलो दिनमै अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो।

पोखरा आगमन आधा घट्यो

कोरोना भाइरस संक्रमणको असरले पोखरामा विदेशी आगमन घटेको छ। यो सिजनमा अघिल्ला वर्ष आगमन बढ्ने गरे पनि यसपटक घटिरहेको पोखरा विमानस्थलको तथ्यांकले पुष्टि गरेको छ।

निजगढमा रुख काट्ने निर्णय अझै टुंगिएन

निजगढ विमानस्थलसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा टुंगिन नसकेपछि दोस्रोपटक ‘हेर्दाहेर्दै’ मा परेको छ। विमानस्थलका लागि रुख काट्ने सरकारी निर्णयविरुद्ध परेको रिट निवेदन सर्वोच्चको बृहत् पूर्ण इजलासले ‘हेर्दाहेर्दै’राखेको हो।

मेघौली विमानस्थल पुनः सञ्चालनमा ल्याइने

६ वर्षभन्दा लामो समयदेखि बन्द रहेको ६ दशक पुरानो मेघौली विमानस्थल पुनः सञ्चालनमा ल्याउन पहल सुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्