१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

परीक्षण उडान अनिश्चित

बैतडीको पाटन विमानस्थल ।

बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान अनिश्चित भएको छ । चैत १५ गते गर्ने भनिएको परीक्षण उडान लकडाउनले रोकेको हो ।  

गत पुस १२ गते विमानस्थल निर्माण सम्पन्न भइसकेपछि चैत १५ गते परीक्षण उडान गर्ने तयारी थियो । आर्थिक वर्ष ०७४/७५ मा सुरु गरिएको कालोपत्रेको काम गत पुसमा सम्पन्न भएको निर्माणको जिम्मा पाएको ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीका इन्जिनियर पूर्णदेव रावलले जानकारी दिए । करिब ११ करोड २१ लाख लागतमा कालोपत्रेसहित नाली निर्माण र तारबार सम्पन्न भएको थियो ।

पाँच सय ९० मिटर लम्बाइ र २० मिटर चौडाइ तथा ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको छ । परीक्षण उडानपछि टर्मिनल भवन निर्माण गर्ने योजना थियो । तर लकडाउनले गर्दा यसको ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन । २०३२ सालमा विमानस्थल निर्माण सुरु भई २०३५ सालदेखि हवाई सेवा सुरु भएको पाटन विमानस्थल २०५२ देखि बन्द छ ।

प्रकाशित: २३ जेष्ठ २०७७ ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App