१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

विमानस्थलको निरीक्षण

सुदूरपश्चिमका पुनः सञ्चालन र बन्द रहेका विमानस्थलको मंगलबार निरीक्षण गरिएको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिकसहितको टोलीले विमानस्थलको निरीक्षण गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, बझाङको चैनपुर र डोटीको दिपायल विमानस्थलको हवाई निरीक्षण गरिएको हो ।

सुर्खेतबाट आएको नेपाली सेनाको जहाजले यी विमानस्थलको हवाई निरीक्षण गरेको हो । आकाशबाटै भौगोलिक बनावटको निरीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पाटन, चैनपुर र दिपायल विमानस्थल कालोपत्रे भएर परीक्षण उडानका लागि तयारी अवस्थामा रहेका छन् भने गोकुलेश्वर विमानस्थल बन्द अवस्थामा रहेको छ ।

प्रकाशित: २७ जेष्ठ २०७७ १५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App